कतार । वैदेशिक रोजगारका शिलशिलामा विभिन्न देशमा गएर बसोबास गर्ने नेपालीहरु नयाँ शक्ति पार्टी नेपालप्रति आकर्षित भएका छन् ।
नयाँ शक्ति पार्टीमा आकर्षित नेपालीहरुले धमाधम संगठन निर्माण, भेला तथा बैठक भइरहेको छ । पछिल्लो पटक कार्तिक २० गते कतारमा नयाँ शक्ति पार्टी नेपालको प्रवास युवा कमिटी अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्रको प्रथम भेला सम्पन्न भएको छ ।
भेलाले तीनबुँदे माग समेत राखेको छ । पहिलो बुँदामा विदेशबाट नेपाल फर्किदा नेपालीले लगरे जाने घरायसी प्रयोजनका सामानहरुमा भन्सार लगाउन नपाउने र सरकारले घरायसी प्रयोजनका सामानहरुमा कुनै किसिमको मापदण्ड लगाउन नपाउने रहेको छ ।
त्यसैगरी दोस्रो बुँदामा कुटनीतिक सम्बन्ध सुदृढ पार्ने र खाडी मुलुकमा श्रम इन्स्योरेन्स नवीकरण गर्नुपर्ने व्यवस्था मिलाउन माग गरेका छन् । तेस्रो बुँदामा मानव तस्करलाई रोक्न राज्यले कानुन बनाउनु पर्ने, मेनपावर र श्रम विभागको मिलेमतोमा हुने भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने माग रहेका छन् ।

भेला मार्फत राखिएको मागप्रति सबैको ऐक्यवद्धता रहेको जनाइएको छ । भेलामा नयाँ शक्ति पार्टी नेपालका नेताहरुले सम्बोधन गर्नुभएको थियो । भेलालाई प्रमुख अतिथि नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्य तथा अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति केन्द्र प्रवासका केन्द्रीय संयोजक विवि खरेल र पार्टी केन्द्रीय सदस्य हरि रिजाल, अर्को केन्द्रीय सदस्य सुरेश शाह, नयाँ शक्ति विदेश विभागको मुस्लिम विभाग अन्तर्राष्ट्रिय नेपाली मुस्लिम शक्ति प्रवासका केन्द्रीय संयोजक पिर महम्मदले सम्बोधन गर्नुभएको थियो ।
सम्पन्न भएको सो कार्यक्रममा नयाँ शक्ति क्ष्ल्क् कतारका महासचिव, कोषध्यक्ष, दलित विभाग संयोजक, जनजाति विभाग संयोजक, सांस्कृतिक विभाग संयोजक, प्रशिक्षण विभाग संयोजक सहितको उपस्तिथिमा सनैयाको लेवर सिटी महलमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रमुख अतिथि खरेलले वर्तमान स्थितिमा देशमा देखिएको लोकमान काण्ड, भारतीय रास्ट्रपतिको नेपाल भ्रमण स्वागत योग्य भएको तर स्वागतका क्रममा देखिएकोे प्रवृत्ति गलत रहेको बताउँदै विदेसिएका नेपालीले आफ्नो घरायसी प्रयोजनमा लाने कुनै पनि सामानमा सरकारले मापदण्ड र चर्को भन्सार लगाएर उनीहरुको स्वाभिमानलाई कुठराघात गरेको र रेमिटेन्स र युवा जनशक्ति विदेशीलाई बेचेर पनि नपुगी उनीहरुले फर्किदा घरायसी सामान नेपाल लैजाँदा लगाइने मापदण्ड र भन्सारको चर्को विरोध गर्नुभएको छ ।

खरेलले विदेशीमुलुक त्यसमा पनि खाडी मुलुकको समस्या र चुनौतीमा राज्यको ध्यानाकर्षण नपुगेको बताउदै अब चरणबद्ध रुपमा दबाबमूलक कार्यक्रम गर्ने घोषणा गर्नु भएको छ । कार्यक्रमका विशेष अतिथि पिर महम्मदले देशको परिस्थितिमा नयाँ शक्ति नेपालले समृद्धि नेपाल बनाउन जुन अटोटका साथ अगाडि बढेको छ त्यही अनरुप विदेशी भूमिमा पनि युवाहरूको दिनप्रतिदिन आकर्षण बढ्दै गएको र सहभागी बन्दै गएको बताउनु भयो ।
उहाँले यस अभियानलाइ बिदेशी भुमरीमा छरिएर रहेका नेपाली दाजुभाइहरुको व्यापक प्रवेशले खुसी भएको बताउनु भयो । कार्यक्रममा जनमुक्ति पार्टीको विदेशस्थित कतार विभाग संघीय जनमुक्ति मञ्च कतारको बिक्रम वाइबा तामाङको नेतृत्वमा रहेको ५१ जनाको टोली एकता भइ नयाँ शक्ति कतारमा विलय भएको छ भने ६० जना भन्दा बढी युवाहरू नयाँ शक्ति पार्टीमा प्रवेश गरेका थिए ।
भेलाले होम उप्रेतीको संयोजकत्वमा १०१ सदस्यीय अन्तर्राष्ट्रिय नेपाली युवा शक्ति कतारको कमिटी घोषणा गरेको छ । जसमा उप संयोजकमा अकवर मिया, विकास भट्ट र विक्रम वाइवा लामा, सचिवमा मनोज, प्रवक्तामा अनिल परियार, कोषध्यक्ष सहित १०१ सदस्यीय कमिटि गठन गरिएको छ ।
सो युवा कमिटीले कतारमा रहेका नेपालीहरुको दुख सुखमा साथ दिने र भोलियन्टरको रुपमा कतारमा रहेका नेपाली दाजुभाइहरुको सहयोगमा काम गर्ने बताइएको छ । कतारमा नेपाली युवाहरूको आकर्षक पार्टी नै नयाँ शक्ति नेपाल रहेको भन्दै कतारमै पहिलो पार्टी आफुहरु भएको कमिटीमा आवद्ध सदस्यहरुले बताएका छन् ।
काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले
तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका