जगन कार्की
लन्डन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा भाग लिन डा.भट्टराई लन्डन आउने भएका हुन् ।
भट्टराईले १३ तारिख आइतबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले जानकारी दिए ।
अल्डरशटस्थित एम्पाएर हलमा हुने कार्यक्रममा नेपालबाट प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदी र सह—संयोजक शंकर भण्डारीले पनि सम्बोधन गर्ने छन् ।
सो कार्यक्रममा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ ।
पार्टीका अन्य नेताहरु मदन राई र डिवी गुरुङ पनि सो भेलामा सहभागी हुने छन् । त्यस्तै डा.भट्टराईले १२ नोभेम्बरमा गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका छन् ।
उनले १४ नोभेम्बर साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बरमा अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन् ।
यसैगरी अन्तराष्ट्रिय नेपाली समाज प्रोचुगलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि डा. बाबुराम भट्टराईको टोलीले भाग लिने भएको छ ।
नोभेम्बर १६ तारिखमा हुने उक्त कार्यक्रममा देश विकास र समृद्धिका लागि विदेशमा रहेका नेपालीहरुले पुर्याउन सक्ने योगदानको बारेमा समेत छलफल हुने प्रोचुगलका संयोजक डि एस शेर्पाले जानकारी दिए ।
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन
२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड
असार १७, काठमाडौं ।परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि जलवायु वित्त