जगन कार्की
लन्डन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आगामी नोभेम्बर ११ मा बेलायत आउने भएका छन् । पार्टीको भ्रातृसंस्था अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतले आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा भाग लिन डा.भट्टराई लन्डन आउने भएका हुन् ।
भट्टराईले १३ तारिख आइतबार पार्टीले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय नेपाली समाज बेलायतका संयोजक भोला खनालले जानकारी दिए ।
अल्डरशटस्थित एम्पाएर हलमा हुने कार्यक्रममा नेपालबाट प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुवेदी र सह—संयोजक शंकर भण्डारीले पनि सम्बोधन गर्ने छन् ।

सो कार्यक्रममा भट्टराईले ‘नेपालको आर्थिक सम्वृद्धि र विकासका सम्भावना एवं नयाँ राजनीतिक शक्तिको आवश्यकता’ विषयमा प्रवचन दिने कार्यक्रम तय गरिएको छ ।
पार्टीका अन्य नेताहरु मदन राई र डिवी गुरुङ पनि सो भेलामा सहभागी हुने छन् । त्यस्तै डा.भट्टराईले १२ नोभेम्बरमा गोर्खाली समाज यूकेको आयोजनामा हुने च्यारिटी कार्यक्रमा सहभागी हुने भएका छन् ।
उनले १४ नोभेम्बर साँझ लन्डन स्कुल अफ इकोनोमिक्स र १५ नोभेम्बरमा अक्सफोर्ड युनिभर्सिटीमा ‘नेपालको आर्थिक विकास र सम्भावना’ विषयमा आफ्ना विचार राख्ने भएका छन् ।
यसैगरी अन्तराष्ट्रिय नेपाली समाज प्रोचुगलले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पनि डा. बाबुराम भट्टराईको टोलीले भाग लिने भएको छ ।
नोभेम्बर १६ तारिखमा हुने उक्त कार्यक्रममा देश विकास र समृद्धिका लागि विदेशमा रहेका नेपालीहरुले पुर्याउन सक्ने योगदानको बारेमा समेत छलफल हुने प्रोचुगलका संयोजक डि एस शेर्पाले जानकारी दिए ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता