काठमाडौँ । देशभरका विभिन्न ठाँउमा तिव्र रुपमा फैलिदै गएको डेंगु अहिले पूर्णतया नियन्त्रणमा आएको छ । सरकारी तवरबाट पर्याप्त प्रयास भएपछि डेंगु नियन्त्रणमा आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।
गत तिन चार दिनदेखि कुनैपनि जिल्लामा विरामीहरु देखिएको भन्ने जानकारी नआएकाले डेंगु पूर्ण नियन्त्रणमा रहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा भिम आचार्यले जानकारी दिनुभयो ।
साथै प्रभावित जिल्लाहरुबाट किटको माग नआएकाले पनि डेंगु नियन्त्रणमा आएको भन्न सकिने उहाँले बताउनु भयो ।
डेंगुबाट प्रभावित कुनैपनि जिल्लामा किटको अभाव नभएको महाशाखाको दावी छ । गत साउन देखि अहिले सम्म चितवनमा ४९४, झापामा १८४, रुपन्देहीमा १८, कैलालीमा १२ र मकवानपुर, वाँके र बर्दियामा ११/११ जना सहित देशभरी ७७१ जनामा डेंगु भएको पुष्टी भएको छ ।
स्वास्थ्य मन्त्रालयको सतर्कता अभियान अन्तर्गत लामखुट्टे मार्ने र औषधी उपचार गर्नेक्रम बढेकाले रोग नियन्त्रणमा आएको महाशाखाको दावी छ ।
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध
काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई
काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज