काठमाडौं । नयाँ शक्ति पार्टी, नेपालको ‘अन्तराष्ट्रिय नेपाली समाज हङकङ समिति’ गठन भएको छ । प्रेम लामाको संयोजकत्वमा गठन भएको अन्तराष्ट्रिय नेपाली समाज हङकङको कार्यसमितिमा २१ जना सदस्य रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा श्याम इङ्गनाम, मनोज गौतम, सम्सेर तुम्हाम्फे, नन्द चाङ्गसु, दया थापा, ओम प्रसाद गुरुङ, उर्मिला घले, प्रतापचन्द्र तमाङ, विनोद लामा, विश्वनाथ घिसिङ, अन्जु गुरुङ, कुमारी गुरुङ, कुल प्रसाद लिम्वु, नेत्र तिमिल्सिना र सवु लिम्वु रहेका छन ।
प्रवास प्रादेशिक परिषद्का सह–संयोजक शंकर भण्डारीले दिएको जानाकारी अनुसार नवगठित कार्र्यसमितिमा ५ जनापछि थपिने छ ।
अन्तराष्ट्रिय नेपाली समाज हङकङले हङकङमा रहेका नेपालीहरु बिच नयाँ शक्ति किन र के का लागि भन्दै यहीँ अक्टुवर २९ तारिखमा बृहत अन्तरक्रिया कार्यक्रम समेत गर्ने भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथिमा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराई रहेको प्रवास प्रादेशिक परिषद्का सह–संयोजक भण्डारीले जानकारी दिनुभयो ।
साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई
काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए
काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका
बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा
२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको
असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन