नयॉं शक्ति युएईले नेपाली दूतावासमार्फत ज्ञापन बुझायो

imageपिपुल्स नेपाल , जापान , हर्क बहादुर ताम्राकार ( एच.बी ) 

७ आश्विन । युएई दुबई डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी ‘नयां शक्ति’ को युएई संगठन अन्तर्राष्ट्रिय नेपाली समाज युएईले देशका विभिन्न जल्दाबल्दा समस्याप्रति सरकारको ध्यानाकर्षण गराउंदै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक ज्ञापनपत्र बुझाएको छ ।

युएई इस्थित नेपाली दूतावासमार्फत ज्ञापन बुझाइएको हो । कार्यबहाक राजदूत नेत्र बहादुर टण्डन उक्त ज्ञापन बुझेका थिए ।
प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था माग र संबिधान संशोधन मार्फत सबैका मुद्दा समेटी सर्वस्वीकार्य संविधान बनाएर आर्थिक सम्वृद्धिमा लाग्नु नै मुलुकको हितमा रहेको ज्ञापनमा उल्लेख छ । संविधानसभाको ९० प्रतिशत मतले नेपालको संविधान जारी भएपनि मधेशी, जनजाति, थारु आदि समुदायको असन्तुष्टिलाई संविधानले संवोधन गर्न नसकेको र यो नगर्दासम्म मुलुकमा राजनीतिक अस्थिरता कायमै रहने पत्रमा छ । संघीयता, नागरिकता, सिमांकन, समावेशी जस्ता विषयमा अझै गहन राष्टिय चिन्तन आवश्यक रहेको पनि ज्ञापनमा छ ।
नयां शक्ति सत्ताको खेलमा होइन, सरकारले विभिन्न पक्ष, क्षेत्र र समुदायबाट उठेका जायज मागको यथाशीघ्र संवोधन गरोस्, पहिचानका ५ र सामथ्र्यका चार आधारमा टेकेर स्थानीय निकायको पुनर्संरचना गरोस् र जनताका दैनिक जीवनसंग सम्वन्धित समस्या समाधान गरोस् भन्ने चाहेको पत्रमा उल्लेख छ ।
ज्ञापनमा नेपालको संविधानले प्रत्याभूत गरेको आर्थिक सामाजिक अधिकार व्यवहारमा लागू गराउन सरकारसंग माग गरिएको छ । भूकम्प पीडितलाई राहत वितरण तथा पुनर्निर्माणमा भएको बिलम्बप्रति ध्यानाकर्षण जनाउंदै ज्ञापनमा दशैं पूर्व नै विशेष राहत प्याकेज दिन माग गरिएको छ ।
राष्ट्रिय गौरवका आयोजनाको कार्यान्वयन पक्ष फितलो र अपारदर्शी भएको जनाउंदै ति परियोजना कार्यान्वयनमा तीव्रता ल्याउन एजेन्सी मोडलको अवधारणा ल्याउन पनि ज्ञापनपत्रमा माग छ । लोड सेडिङको माग कम गर्न प्रत्येक प्रदेशमा एक एकवटा जलविद्युत परियोजना सञ्चालन र काठमाण्ठौं निजगढ फास्ट ट्रयाक नेपालको हितमा हुने गरि निर्माण कार्य अघि बढाउन पनि माग गरिएको छ ।
सार्वजनिक यातायतालाई सुलभ र भरपर्दो बनाइयोस् भन्दै पत्रमा किसानलाई मल, बीउ, आधुनिक प्रविधिको व्यवस्था र यातायातमा सिन्डिकेट प्रथा हटाइयोस् भन्ने माग छ ।
माथिल्लो कर्णाली, अरुण तेश्रो, माथिल्लो मरस्याङदी, कोशी उच्च बांध लगायत विदेशीलाई दिइएका नदी सम्वन्धि जल सम्झौताको विवाद अन्त्य गर्न माग गरिएको छ । पत्रमा द्वन्द्वकालीन मुद्दा छानवीन गरि छिटो टुंग्याउन पनि माग छ ।
६ पृष्ठ लामो सो ज्ञापनपत्र विश्वव्यापी रुपमा बुझाइएको र यदि सम्बोधन नभए विश्वव्यापी रुपमै सशक्त आन्दोलन थालिने समाजका अध्यक्ष उत्तम अधिकारी ले बताए ।
उक्त ज्ञापन पत्र बुझाउन नया शक्ति नेपाल केन्द्रीय परिषद सदय चन्द्र प्रसाद सापकोटा जी को संयोजकतत्वमा समाजका अध्यक्ष उत्तम अधिकारी ,सहसंयोजक मुन्ना समसुल हक़ साथै प्रेम प्रसाद ,महिला विभाग रेणु ढकाल ,माया श्रेस्ट , नीतू ढकाल लगायत विभिन्न पदाधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कारागार अनुगमनपछि मानवअधिकार आयोगको टिप्पणी : रवि लामिछानेको कोठामा दुई पंखा, तर झ्याल बन्द, झ्याल खोल्ने व्यवस्था मिलाउने कारागार प्रशासनको प्रतिबद्धता

रुपन्देही, साउन २६ — राष्ट्रिय मानवअधिकार आयोगका प्रतिनिधिहरूले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राखिएको

सरकारद्वारा नयाँ श्रम आप्रवासन नीति सार्वजनिक, भारत जाने श्रमिकलाई पहिलोपटक समेटियो सामाजिक सुरक्षामा

काठमाडौं, साउन २१, २०८२ । सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने उद्देश्यले राष्ट्रिय श्रम आप्रवासन नीति–२०८२

अस्ट्रेलियाली प्रहरीद्वारा जासुसी आरोपमा चिनियाँ नागरिकविरुद्ध मुद्दा दायर

सिड्नी, साउन १९ गते। अस्ट्रेलियाली प्रहरीले एक चिनियाँ नागरिकविरुद्ध विदेशी सरकारको पक्षमा जासुसी गरेको आरोपमा

आज राति बागमतीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, डुबान र भूक्षयको उच्च जोखिम!

काठमाडौं, साउन १६ गते। आजको रात बागमती प्रदेशका पहाडी भेगमा भारी वर्षाको चेतावनी दिइएको छ।

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

खोटाङ अस्पतालमा जीवन जलसमेत भेटिएन : आयोग

खोटाङ, असोज २५  गते । राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश शाखा कार्यालय दिक्तेलले खोटाङमा