माओवादीकाे अखडा बन्दै शान्ति मन्त्रालय

 05cf9ffe049d717c023320bbbc4628fd२५ भदा, काठमाडौं ।   शान्ति मन्त्रालयमाओवादीकाे अखडा बन्दै गएकाे छ । द्धन्द्धपीडित सुरक्षाकर्मि परिवार सङ्घले सरकारमा रहेको समयमा शान्ति मन्त्रालयलाई माओवादी केन्द्रका नेताहरू र कर्मचारीले आफ्नो पार्टीको कार्यालय जस्तो बनाएको आरोप लगाएको छ । सङ्घले नेताहरू र कर्मचारीहरुले आफुहरुलाई भेदभाव गरेको आरोप लगाएको छ ।

रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका सल्लाहकार नवराज श्रेष्ठले आफ्ना मागहरू लिएर प्रधानमन्त्रीलाई भेट्नका लागि एक महिनादेखि समय मागेको तर आफूलाई समय छैन भनेर फर्काउँने गरेको गुनासो पोखे । द्धन्द्धकालिन अवस्थामा सुरक्षाकर्मी र माओवादीबीच सिर्जना भएको अमिलोपन माओवादीले सरकारमा हुँदा पनि देखाएको भान भएको आरोप लगाए ।

उनले अघि थपे, ‘हामीले परिवर्तनलाई स्वीकार गर्‍यौ तर माओवादीका साथीहरूले हामीलाई शत्रुताको नजरले हेर्नेकाम भएकोमा गहिरो दुःख लागेको छ, हाम्रा दाजुभाइले बगाएको रगतको आहाल र पसिनाको खोलो राज्यका आँखामा सामान्य होला तर हाम्रो लागि अमूल्य छ ।’ घुँडा र कुहिँनामा प्रहार गरे थला पर्छ भन्ने कथन हामी माथि लादिएकोमा दुख प्रकट गर्छु ।

उनले भने ‘दाइ त सकिन्न, भाउजूलाई सकिन्छ, भन्ने खालको अपमानजनक व्यवहार खेप्नु परेको छ, यो देशमा अधिकार मागेर होइन खोसेरै दिनुपर्ने रहेछ ।’ उनले आफूहरु पनि अधिकारको लागि जुनसुकै प्रक्रिया अपनाउने चेतावनी दिए ।

सङ्घले सरकारसमक्ष सात बुँदे माग समेत अघि सारेको छ । सम्मान र पहिचान खुल्ने गरी पीडितको परिभाषा हुनुपर्ने, सहित घोषणा गर्नुपर्ने, विभागिय नियमानुसार कायम भएको सुरक्षाकर्मीको अशक्तता प्रतिशतलाई सबै निकायले मान्नु पर्ने, आर्थिक सहायता २० लाख दिनुपर्ने, जीवन बिमा १० लाख दिनुपर्ने लगायतका सात बुँदे मागहरू अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

सैनिक अदालतले संवेदनशील मुद्दामा पीडितको गोपनीयता उल्लंघन गर्नु न्यायोचित नहुने

काठमाडौं, असार २४ गते – नेपाली सेनाको सैनिक अदालतले चरम असंवेदनशीलता देखाउँदै संवेदनशील मुद्दाहरूमा समावेश

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको