१८ भदौ, काठमाडौ । फ्राईडे रिलिज अन्तर्गत यो हप्ताको लागी तीन फिल्म एकसाथ प्रदर्शनमा आएका छन् । शुक्रबारबाट प्रदर्शनमा आएका फिल्म हुन ‘लालजोडि’, ब्रासलेट’ र ‘वृन्दावन’ । रोचक कुरा के छ भने ‘लालजोडी’ र ‘ब्रासलेट’ दुबै फिल्मकी हिरोईन रजनि केसी हुन् । त्यसैले पर्दामा यो हप्ता रजनि भर्सेज रजनि भिडन्त परेको छ भने अर्को फिल्ममा शिल्पा पोखरेल एक्शन अबतारमा देखिँदैछिन् ।
लक्ष्मण सुवेदी निर्देशित’लालजोडी’मा रजनिसँगै सानोपर्दामा रुचाईएका कमेडियन कलााकरहरुको बर्चस्व छ । नक्कली बाबुरामकोरुपमा परिचित ज्योति काफ्ले, बुद्धि तामाङ, आयुष्मा कार्की लगायत लिड अभिनयमा छन् ।
यस्तै निर्मल शर्मा निर्देशित ‘ब्रासलेट’मा रजनिसँगै रमेश उप्रेती लिड रोलमा छन् । पारिवारिक प्रेमकथा बोल्ने फिल्मलाई रमेश उप्रेतीको कमब्याकक ोरुपमा पनि लिईएको छ । केशव भट्टराई फिल्मका निर्माता हुन् ।
अर्को तर्फ राजबहादुर शाने निर्देशित ‘वृन्दावन’मा एक्सन अबतारमा प्रस्तुत भएकी शिल्पाले किशोर खतिवडासँग रोमान्स गरेकी छिन् । फिल्ममा बाँदरलाई समेत लिड अभिनयको कलाकार मानिएको छ ।
तीजको छेकोमा एकसाथ प्रदर्शनमा आएका तीन फिल्मले गर्दा दर्शकलाई यो नभए त्यो हेर्ने भन्ने राम्रो विकल्प नेपाली फिल्म नै बनेका छन् । भने अर्को तर्फ वलिउड फिल्म ‘अकिरा’ पनि प्रदर्शनमा आउँदा सोनाक्षी सिन्हा स्टारर उक्त फिल्मले पनि नेपाी मल्टिप्लेक्समा केहि शो ओगटेको छ ।
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
काठमाडौं, कात्तिक ९ गते । विश्वमा अचेल सबै उमेर समूहमा टाटु लोकप्रिय भएको छ । विकसित
हाङझाउ, असोज १४ गते । नेपाल १९औं एसियाली खेलकुद (एसियाड)को पुरुष क्रिकेटतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
काठमाडौँ, भदौ २१ गते । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेसी आजका लागि तोकिएको छ । लामिछानेविरुद्धको
भदौ ११, काठमाडौं। क्रिकेटर सन्दीप लामिछाने एसिया कप क्रिकेट खेल्नका लागि आज पाकिस्तानमा प्रस्थान गर्नुभएको
असार ८ काठमाडौं । जननेता मदन भण्डारीको जन्मजयन्तीको अवसरमा प्रेस चौतारी नेपालले टिकटक प्रतियोगिता आयोजना गरेको