सरकारमा जान साना दलको ठूलो दौडधुप

Singha-Darbar१६ भदौं, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन्। सरकारलाई समर्थन भने १६ दलले गरेका छन्। प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन्।

फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ। साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम छ। उपप्रधानमन्त्री पाए सरकारमा जाने पक्षमा अध्यक्ष विजयकुमार गच्छदार थिए। तर, फोरमकै अर्का नेता जितेन्द्र देवले आफ्नो नेतृत्वमा सरकारमा जान पार्टीमा लबिङ गरिरहेका थिए ।

उनलाई नेता रामेश्वर रायको पनि साथ छ । उनीहरू पार्टी फुटाएर भए पनि सरकारमा जाने तयारीमा थिए । तर, आकर्षक मन्त्रालय नभएपछि अहिले विवाद केही मत्थर भएको छ । प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये अहिले बाँकी चार मन्त्रालयमा साना दलका नेताहरू मात्र जान सक्ने अवस्था छ। तर, एक–दुई सिट भएका साना दललाई मन्त्रालय दिने–नदिनेमा प्रधानमन्त्री अनिर्णीत छन्।

‘प्रधानमन्त्रीले बााकी चार मन्त्रालयमा कुन पार्टीका कसलाई मन्त्री दिने भन्नेमा अहिले खासै छलफल गर्नुभएको छैन,’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘तत्काल मन्त्रिपरिषद् विस्तार भइहाल्छ भन्ने देखिएको छैन।’ प्रधानमन्त्री प्रचण्ड ३० भदौमा भारत भ्रमणमा जाादै छन् । त्यसअघि बाँकी मन्त्री नियुक्ति हुने सम्भावना नदेखिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो। ‘अब प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन सक्ला, त्यसअघि केही हुादैन,’ स्रोतले भन्यो।

को–को छन् दौडधुपमा?

सरकारलाई समर्थन गर्ने साना दलमध्ये बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका प्रेमबहादुर सिंह, परिवार दलका एकनाथ ढकाल मन्त्री बन्ने दौडधुपमा छन् । पासवान केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरणमन्त्री थिए भने सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका थिए । सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजसमेत गरेको छ ।

तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रीका लागि आग्रह गर्दै आएका दलका नेतालाई कुनै जवाफ दिएका छैनन् । ‘ढकालजी कहिलेकाहीा देखिए पनि विश्वेन्द्र पासवान र प्रेमबहादुर सिंह प्राय: आउनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘भेट्न नपाए पनि उहाँहरू प्रधानमन्त्रीको अनुहार मात्र देखे पनि पुग्छ भन्दै धाइरहनुभएको छ ।’आजको नयाँ पत्रिका दैनिकमा खबर  छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं