१५ भदाै, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र जापानका विदेश राज्यमन्त्री नोबु किसाइकाे अाज भेटवार्ता भएकाे छ । राष्ट्रपति भण्डारीसँग तीनदिने औपचारिक भ्रमणमा रहनुभएका जापानका विदेश राज्यमन्त्री नोबु किसाइले राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार भेट गरेका थिए ।
भेटका अवसरमा नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पूरा भएको सन्दर्भमा दुई देशबीचको ऐतिहासिक, कूटनीतिक सम्बन्ध तथा आपसी सहयोग र हितका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जानकारी दिए । सो अवसरमा राष्ट्रपतिको कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौड्याल, नेपालका लागि जापानका राजदूत मासासी ओगावा तथा उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
२९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा
काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता