ठुला पार्टीका केन्द्र र जिल्ला स्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टीमा प्रबेश

4930142ed183f4ba8f2eb9955a169d9b१४ भदाै भक्तपुर । ठुला पाटीका केन्द्रिय र जिल्ला स्तरका नेताहरु संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रबेश गरेका छन । नेकपा माओवादी केन्द्रका साथै नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपा नेपाल, नेमकिपा लगायतका पार्टीका केन्द्रिय तथा जिल्लास्त्तरका नेताहरु संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।

पार्टी प्रबेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रिय सदस्य लालकृष्ण घिमिरे,  नेकपा एमाले भक्तपुर जिल्ला कमिटि सदस्य  बिन्दा पुरी, राप्रपा नेपालका भक्तपुर जिल्ला सदस्य दिपक थापा, लगायतका एक दर्जन भन्दा बढि नेता तथा कार्याकर्ता संघीय नवराष्ट्र कम्युनिष्ट पार्टी नेपालमा प्रवेश गरेका हुन ।

पार्टी प्रबेशीहरुलाई स्वागत गर्दै संघीय नवराष्ट कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष गोपाल पोखरेलले विभिन्न पार्टी परित्याग गरी आफ्नो पार्टीमा आउने व्यक्तिलाई योग्यता, क्षमता र दक्षताको आधारमा जिम्मेवारी प्रदान गर्ने विश्वास दिलाएका छन् ।

ठूला पार्टीहरु सत्तामोहमा फसेको र राष्ट्रियता संकटमा पार्दै गएकाले ती पार्टी परित्याग गरी आफ्नो पार्टीमा प्रबेश गर्ने लहर चलेको उनको भनाइ छ । फरक प्रसंगमा उनले आगामी चैतभित्रै स्थानीय तहको निर्वाचन गरी स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि बाहाली गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र