१४ भदाै रोल्पा । भारतकाे सिमलामा एक साताअघि हिम पहिरोमा ज्यान गुमाएका एकै परिवारका ६ नेपालीको सनाखत भएको छ ।
ज्यान जानेहरुमा रोल्पाको तालाबाङ–४ रिजाबाङका ४५ बर्षीय लक्षीराम पुनमगर, उनकी पत्नी ४२ वर्षीया देउकली पुन, ११ वर्षीय छोरा पर्शु पुन, ६ वर्षीय छोरा सुरज पुन, ७ वर्षीया छोरी सुनिता पुन र ४ वर्षीय छोरा कर्णबहादुर पुन रहेको पत्ता लागेको हो ।
उनीहरु १५ वर्ष अघिदेखि भारतको हिमाञ्चल प्रदेशस्थित सिम्लानजिकै रामपुर गाउँमा आलु खेती गरेर बस्दै आएका उनका छिमेकी बीरबहादुर घर्तीले जानकारी दिए । केहि दिनअघि भारतबाट दाङमा रहेका आफन्तलाई उनीहरुको ज्यान गएको फान आएपछि घटना थाहा भएको घर्तीले बताए ।
करिब १५÷१६ वर्षअघि बिहे गरेर परिवारै उतै बस्दै आएका घर्ती परिवारका सन्तानमा उनी एक्ला छोरा रहेको छिमेकी घर्तीले जानकारी दिए । उनका कान्छा बुवाका छोराहरु पनि दाङमा बस्दै आएको गाउँलेहरुले बताएका छन् । गरिबीका कारण रोल्पाका विभिन्न गाउँबाट मानिसहरु भारतको हिमाञ्चलमा आलु तथा स्याउँ बोक्न जाने गर्दछन् ।
लामो समय भारतको हिमाचलमा बसेर फर्केका इरिबाङका केबी थापाका अनुसार स्याउ बोक्न, तरकारी लगाउन र भारी बोक्न लगायतका काममा रोल्पाका हजारौं मानिस त्यहाँ जाने गर्दछन् ।
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि