August 30, 2016

निर्वाचनकाे मिति समयमा नै ताेकिनु पर्छ : थापा

download (4)१४ भदौ, जनकपुरधाम । राप्रपा नेपालका अध्यक्ष कमल थापाले सरकारले तीनै वटा निर्वाचनकाे मिति ताेकिनु पर्ने वताएका छन् । थापाले राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आयोजित सभामा स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनको मिति छिट्टै तोक्नुपर्ने बताएका हुन ।

निर्वाचन नहुँदा अस्थिरता निम्तिने भन्दै अव चुनावको विकल्प नभएकाले समयमा नै निर्वाचनकाे मिति ताेकिनु पर्नेमा जाेड दिए ।

राप्रपा नेपाल धनुषाद्वारा धनुषाधाममा आयोजित सभामा उनले  मधेसका प्रमुख समस्या शिक्षा, स्वास्थ्य र गरिबी समाधान गर्न यसअघिको सरकारले ल्याएको ‘सीमा क्षेत्र विकास कार्यक्रम’ लाई निरन्तरता दिनुपर्नेमा समेत जोड दिएका थिए  ।

अध्यक्ष थापाले धर्म परिवर्तनको डरलाग्दो विषय तराई–मधेसमा फैलिएकामा चिन्ता व्यक्त गरे । उनले  धर्म, संस्कृति र पहिचानको रक्षा गर्दै मुलुकको समृद्धि चाहनेले आफ्नो दललाई साथ दिन सवैमा आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

चेक बाउन्सका पुराना मुद्दामा ५ वर्षे हदम्याद कायमै : सर्वोच्च

काठमाडौं, ३ भदौ । सर्वोच्च अदालतले चेक अनादर (चेक बाउन्स) सम्बन्धी पुराना मुद्दामा पाँच वर्षकै

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

संवैधानिक इजलास गठनमा बारको आपत्ति

 २९ साउन २०८३, काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सर्वोच्च अदालतमा

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै पत्रकार महासंघको प्रदर्शन

काठमाडौं, २८ साउन — पत्रकार किशोर श्रेष्ठको बिनाशर्त रिहाइको माग गर्दै नेपाल पत्रकार महासंघले काठमाडौं