आँगन बन्द गर्न माग

८ भदौ । आफ्नो उत्पादनमा अखाद्य बस्तुको मिसावट गरेर मानव स्वास्थ्यमाथि खेलवाड गरिरहेको भन्दै सरोकारवालाहरुले आँगनलाई बन्द गर्नुपर्ने माग गरेका छन् ।
मानव स्वास्थ्यमाथि गम्भीर असर पुर्याउने मिठाई बेचिरहेकाले आँगनलाई राज्यले बन्द गर्नुपर्ने उनीहरुले गरेका छन् । राजधानीको अनामनगरस्थित संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघ काठमाडौं जिल्ला समितिद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेकपा (माओवादी)का केन्द्रीय सदस्य एवं उपत्यका ब्यूरो इन्चार्ज माइला लामाले दुषित मिठाई बेच्ने आँगन मिठाई पसललाई बन्द गर्नुपर्ने बताए ।

पशुपति फुड्स प्रा.लि.ल आँगनले हानिकारक जीवाणुयुक्त मिठाई बेचिरहेपनि सरकार चुप लागेर बसेको लामाले बताए । ‘गैरकानूनी रुपमा भारतीय मजदुर राखेर मानव दिसामा पाइने हानिकारक जीवाणुयुक्त मिठाई बेच्ने आँगन मिठाई पसल र तिनका  मालिकमाथि कारवाही गर्नुको सट्टा लेनदेनको बार्गेनिङ गर्नु उपभोक्तामाथिको अपराध हो’ उनले भने ।

आँगन मिठाई पसललाई मिठाई बिक्री वितरण कार्य तत्काल बन्द आग्रह गर्दै बन्द नगरे नेकपा माओवादीको नेतृत्वमा कारवाही अगाडि बढाउने बताए । ‘उपभोक्ता स्वास्थ्यमा खेलवाड गरेको तथ्य सरकारी निकायबाटै पुष्टि हुँदा समेत कम्पनीमाथि कारवाही नहुनु दलाल व्यापारीसामू सरकार झुक्नु हो’ लामाले भने ।

‘सरकारी लाचारको अगाडि माओवादीले उपभोक्ताको स्वास्थ्यमा खेलवाड हुन दिँदैन । यसको सुरुवात आँगनबाटै हुन सक्छ’ उनले भने । मिठाईमा अखाद्य मिसावट गर्ने आँगनले एनसेलको हबिगत व्यहोर्नुपर्ने इन्चार्ज लामाको भनाई छ । आफ्नो कर्तुत बाहिर दिएको आरोपमा पशुपति फुड्सले कर्मचारी निस्कासन गरेर अर्को गल्ती गरेको उनले बताए ।

आँगन सन्चालन गरेको पशुपति फुड्स प्रा.लि.ले श्रम स्वीकृति नलिई भारतीय कामदार राख्नु श्रम ऐन २०४८ को खिलाफमा रहेको नेपाल गुणस्तर तथा नापतौल विभागका मनोजकुमार उपाध्यायले बताए । श्रम स्वीकृति नलिई गैरनेपाली कामदार राख्नु कानूनमाथिको हमला हो’ उपाध्यायले भने उजुरी आए तत्काल कारवाही हुन्छ ।’

एउटै कम्पनी एउटै पदमा कुनैपनि गैरनेपाली कामदार सात वर्षभन्दा बढी रहन नपाइने र उनीहरुको हरेक वर्ष श्रम इजाजतबारे अनुगमन गर्नुपर्ने कानूनी व्यवस्था रहेको उपाध्यायको भनाई छ । श्रम स्वीकृतिबिना कुनैपनि विदेशी कामदारले काम गर्न नपाइने बताए । ‘आँगनको कामदारको बारे थप जानकारी लिन्छु, उनले भने ।

कार्यक्रममा श्रम विभाग बाग्मतीका निरीक्षक शंकर सिंह धामीले हरेक वर्गका उपभोक्ता खाने मिठाई परिकारको स्रोत खुवामा कोलीफर्म जीवाणु पाउनु अपराध भएको बताए ।दोषी कम्पनीको इजाजत रद्द समेत हुने प्रावधान कानूनमा रहेको भन्दै कानून बमोजिम दोषी प्रमाणित कम्पनी वा व्यवसायीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन सहयोग गर्ने बताए ।
अखिल नेपाल क्रान्तिकारी टे«ड यूनियन महासंघका सचिव भानु आचार्यले मिठाई परिकार खुवाएर उपभोक्ताको स्वास्थ्यमाथि अपराध गर्ने आँगनलाई छुट नदिने बताए ।

आँगनको गलत धन्दाको विरोध गरेकै कारण उद्योगका मजदुर कर्मचारी ईकाई सचिव कसेन्द्र सिहं, सल्लाहकार वीरबहादुर साउद र सदस्य भेषराज वाग्लेलाई दुई वर्षदेखि निस्कासनमा राखेको भन्दै सचिव आचार्यले आपत्ति जनाए । ‘भारतीय लगानी भएकै कारण अखाद्य वस्तुको व्यापार गर्ने आँगन मिठाईमाथि कारवाही गर्न सरकार डरायो आचार्यले भने ।

कार्यक्रममा महासंघ केन्द्रीय सदस्य भीमसेन बुढाथोकी, महासंघ काठमाडौंका अध्यक्ष होम सुवेदीले आँगनको काला कर्तुतको भण्डाफोर गर्दै ठगी धन्दा बन्द गर्न आवश्यक कदम चाल्न मजदुर संगठन तयार रहेको बताए ।

उपभोक्ताको गुनासोपछि तत्कालीन आपूर्ति मन्त्री गणेशमान पुनको अनुगमन टोलीले गत असार १७ गते गरेको नमूना संकलनमा आँगन मिठाई पसलले मिठाईको मुख्य स्रोत खुवामा मानव दिसामा पाइने कोली फर्म जीवाणु सोह्र हजारभन्दा बढी भेटिएको तथ्य सार्वजनिक गरेको थियो । खाद्य वस्तुमा कोली फर्म जीवाणुको मात्रा शुन्य हुनुपर्ने खाद्य प्रविधि र गुण नियन्त्रण प्रयोगशाले जनाएको छ ।

अनुगमन टोलीले आँगनलाई कुनैपनि प्रकारको मिठाई बिक्री नगर्न निर्देशन दिइएको थियो । तर, आँगनले निर्देशनको अवज्ञा अटेर गर्दैै बिक्री कार्य जारी राखेको छ । अनुगमन निकायले कारवाहीको प्रक्रिया अगाडि बढाउन लाचार देखिएपछि आँगनको मानव स्वास्थ्यविरोधी धन्दाप्रति सर्वत्र विरोध छ ।

करिब डेढ दशकदेखि महङ्गो मिठाईका परिकार बिक्री गर्दै आइरहेको आँगन मिठाई पसल पशुपति फुड्स प्रा.लि.द्वारा संचालित छ । राजधानीका विभिन्न स्थानमा शाखा पसल राखेर उसले बेसन, गुँद, कानपुरी, बुन्दी, पेडा, काजुबर्फी, खुवा बर्फी, बदाम बर्फी, चक्लेट बर्फी, सन्पापडी, लोकल भुजिया जस्ता मिठाई व्यापार गर्दै आइरहेको छ ।ललितपुरको पाटन औद्योगिक क्षेत्र हाताभित्र उद्योगस्थल रहेको पशुपति फुड्सका मालिक राजेन्द्रप्रसाद देवडा हुन् । एचआर म्यानेजरको जिम्मा शंकर थापालाई दिइएको छ ।

सरकारी अनुगमन टोलीले उद्योगमा छापा मारेर कर्तुत पत्ता लागेपछि प्रा.लि.लाई देवडाकी बुहारी अन्जु गोयन्काको नाममा सारिएको बताइएको छ । मिठाईमा अखाद्य बस्तुको मिसावटको सूचना बाहिर दिएको भन्दै तीन मजदुर कर्मचारीलाई उद्योगले निस्कासनमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

सुनसरी घटनाबारे सुरक्षा परिषद्को बैठक

काठमाडौं, १४ साउन। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसिरहेको छ। प्रधानमन्त्रीको

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

नक्कली भुटानी शरणार्थी प्रकरणमा सजाय निर्धारण

काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि