May 3, 2020

सचिबालय बैठकमा आसन फेरेर प्रचण्डको सम्मान ?

बैशाख २१, काठमडौं । सचिवालय बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डको आसन फेरीएको छ । यस अघिको बैठकमा प्रचण्डले अपमान बोध गरेपछि आसन फेरिएको हो । प्रचण्डले बुधबार बसेको सचिवालय बैठकमा आफू पनि अध्यक्ष नै भएको र प्रधानमन्त्री ओलीले आफ्नो अहंकार देखाएको भन्द्र आक्रोश व्यक्त गरेका थिए ।गत बुधबारको बैठकमा प्रचण्डलाई ओलीको देब्रे तिरको सोफामा पहिलो स्थानमा र दाईने तिर सोही स्थानमा झनाथ खनाल बसेको देख्न सकिन्छ। आज बसेको बैठकमा प्रचण्ड र ओलीलाई समान किसीमको सजावटमा एउटै लहरमा देख्न सकिन्छ ।

नेकपा भित्रको विवाद चरम उत्कर्षमा पुगेको यो बेला प्रधानमन्त्री ओलीले हरेक नेताहरुलाई आ–आफ्नै शैलीमा फकाउने  काम गरिरहेका छन्।बुधबार बसेको बैठकमा मात्र प्रधानमन्त्रीले कोरोना कहर सकिएपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपाललाई तेस्रो अध्यक्ष दिने आश्वासन दिएर फकाएका थिए भने हिजोको बैठकमा अर्का अध्यक्ष प्रचण्डलाई उनकै लहरमा देख्न पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

कुम्भ मेलाले धार्मिक पर्यटक बढाएको छ : सभामुख घिमिरे

 वैशाख २३ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सुनसरीको चतरामा लागेको महाकुम्भ भेलाले आन्तरिक तथा बाहय

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र