बार एशोसिएशनको चुनाव- देशव्यापी अभियानपछि पीपीएलए प्यानल उत्साहित 

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीपीएलका अध्यक्ष पदका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारीले पेशागत हकहितको संरक्षण गर्न प्रतिबद्ध रहेको बताए । उनले चुनावी अभियानबाट आफूहरू उत्साही रहेको र सत्ता गठबन्धनसँग एजेण्डा नरहेको दाबी गरे ।

अधिकारीले न्यायपालिकालाई विकृति, विसङ्गति, भ्रष्टाचारमुक्त बनाउन आफूहरूले बारमा पुगेर भूमिका खेल्ने बताए ।

अधिकारीले आफ्नो समूह व्यवसायिक र प्रगतिशील सोच राख्ने पेशागत कानून व्यवसायीको प्रतिनिधित्व गर्ने र राजनीतिक स्वार्थ भन्दा टाढा रहेको दाबी गरे । उनले कसैलाई पनि हीनताबोध गर्न नपर्ने गरी व्यवसायमा लाग्न संस्थागत व्यवस्थाको पक्षमा आफ्नो समूह क्रियाशील हुने बताए ।

उक्त प्यानलबाट महासचिव पदमा अधिवक्ता केदार प्रसाद कोइरालाले गठबन्धनभन्दा आफूहरू अगाडि रहको दाबी गरे । प्रचार समितिकी प्रमुख राधिका खतिवडाले बारको चुनावमा पीपीएलएले अघि सारेका उम्मेदवार पेशागत र व्यवसायिक रुपा उत्कृष्ट रहेको बताइन् ।

सो समूहबाट अध्यक्षमा अधिकारी छन् भने उपाध्यक्षमा प्रदेश १ बाट रोहितकुमार डाँगी, मधेश प्रदेशबाट केशव प्रसाद दास, बागमतीबाट डिल्लीराम मैनाली, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट बासुदेव ज्ञवाली, कर्णालीबाट चंखबहादुर साउद र महिला उपाध्यक्षमा रमा श्रेष्ठ उम्मेदवार छन् ।

त्यस्तै महासचिवमा केदार प्रसाद कोइराला र कोषाध्यक्षमा जगतबहादुर कार्की प्रतिस्पर्धामा उत्रिएका छन् ।

पीपीएलएबाट सदस्य पदमा कुन्जनी परियार प्यासी, नरसिंह चौधरी थारु, सुभाचन्द्र झा, शशी कुमारी श्रेष्ठ, दिलकुमारी राई, इन्दिरा आचार्य, मनिका खड्का, गणेशबहादुर ओली, कुवेर घिमिरे, तारा कुमार श्रेष्ठ, युवक कुमार गौतम, अर्जुन खड्का, अनिल कुमार श्रेष्ठ र हरि प्रसाद पंगेनी प्रतिस्पर्धामा छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो, होसियार हुनू : श्रम मन्त्रालय

काठमाडौँ, २५ वैशाख । वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि श्रम, रोजगार तथा सामाजिक

जिफन्टको ‘रिपोर्ट’ : २१ प्रतिशत उद्योग प्रतिष्ठानले न्यूनतम पारिश्रमिक दिँदैनन्

 वैशाख १७, काठमाडौँ। सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिने उद्योग र प्रतिष्ठानको सङ्ख्या छ प्रतिशतले बढेको

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री

 वैशाख १४,काठमाडौँ  ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर केही गर्नुपर्छ भन्ने भावना जागृत गर्न

‘आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ’

 वैशाख १०,ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले चुनौतीहरू भए

यातायात भरपर्दो बनाउ: निर्वाचन आयोग

 वैशाख ७, काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने दिन निर्वाचन क्षेत्रभित्रको यातायात व्यवस्थालाई नियमित र

बालबालिकालाई विद्यालयमा भर्ना गर्न प्रधानमन्त्रीको आह्वान

वैशाख २, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना