देश

संसदीय समितिबाट नागरिकता विधेयक पारित,७ वर्षको सीमा

काठमाडाैं असार ७, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)को फरकमतका वावजुद प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले वैवाहिक अंगीकृत नागरिकताका लागि ७ वर्षे सीमा राख्दै नागरिकता विधेयक पारित गरेको छ । आइतवार संसद सचिवालय सिंहदरबारमा बसेको समितिको बैठकले विधेयक परित गरेको हो । विधेयकका अधिकांश प्रावधानमा सर्वसम्मति भएपनि वैवाहिक अंगीकृत नागरिकताको […]

नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा

  प्रकाशित : २०७७ असार ५ गते १२:३० काठमाडाैं। नेपालको संविधान (दोस्रो संशोधन), २०७७ नेपाल राजपत्रमा प्रकाशन भएको छ। सङ्घीय संसद्का दुवै सदनबाट सर्वसम्मत संशोधन प्रस्ताव पारित भइसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार प्रमाणीकरण गरेकी थिइन्। नेपाल राजपत्रमा बिहीबारकै मितिमा प्रकाशन भएको छ। नेपालको संविधानको दोस्रो संशोधनको प्रस्तावनामा नेपालको संविधान (दोस्रो संशोधन), २०७७ तुरुन्त प्रारम्भ हुने […]

९४ जना गर्भवतीसहित १४८ नेपाली बोकेर यूएईबाट उड्यो नेपाल एयरलाइन्स

असार ५ , काठमाडौं : संयुक्त अरब इमिरेट्स (यूएई)बाट एकसय ४८ जना नेपाली कामदार बोकेर नेपाल एयरलाइन्सको उडान बिहान उडेको छ । कोभिड-१९ का कारण समस्यामा परेका नेपालीहरु बोकेर नेपाल एयरलाइन्सको उडान नम्बर आरए २२९२ त्रिभुवन विमानस्थलको लागि उडेको हो । नेपाल आउने यात्रुमध्ये १०१ जना महिला र ४७ जना पुरुष छन् । जसमा ९४ जना […]

२३६ नेपाली यात्रु बोकेर कोरियन एअर शनिबार उड्दै

असार ५, साेल: प्रवेशाज्ञा अवधि सकिएर फर्कन नसकेका नेपालीमध्ये २३६ जना शनिबार नेपाल फर्किने पक्का भएको छ। नेपाली राजदूतावास सउलको पहलमा नेपाली यात्रु बोकेर कोरियन एअरको चार्टर्ड विमान केई ९६९५ नेपाल उड्न लागेको हो। नेपाल उड्नेहरूको सूचीमा प्रवेशाज्ञावधि सकिएका तथा तथा नेपाल फर्कनुपर्ने आवश्यकता हेरी सकेसम्म सबैभन्दा बढी आवश्यक भएकालाई प्राथमिकताका साथ समेटिएको छ। तीमध्ये […]

संविधान संशोधन विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मतिले पारित

प्रकाशित : २०७७ असार ४ गते १३:१७ काठमाडौं। राष्ट्रिय भाबाट संविधान संशोधन विधेयक पारित भएको छ । आज राष्ट्रिय भामा निर्णयार्थ प्रस्तुत भएको विधेयक सर्वसम्मतिले पारित भएको हो । यो विधेयकको पक्षमा ५७ मत परेको थियो भने विपक्षमा एक मत पनि परेन । राष्ट्रिय सभामा कूल सदस्य संख्या ५८ रहेकोमा अध्यक्षले भने मत बराबर भएमा […]

वैवाहिक अंगिकृत नागरिकता विषयमा अझै जुटेन सहमति

  असार २, काठमाडौं । राज्य व्यवस्था समितिको बैठकमा वैवाहिक अंगिकृत नागरिकताका विषयमा भएको आजको छलफलमा कुनै सहमति जुट्‍न सकेन ।  एक वर्षपछि मंगलबार बसेको राज्य व्यवस्था समितिको बैठकमा सभापति शशि श्रेष्ठले वैवाहिक अंगिकृत नागरिकता पाउन सात वर्ष पूरा भएको हुनुपर्ने र त्यो अवधिसम्मको लागि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार पाउने गरी स्थायी परिचयपत्र दिने […]

मेलम्ची आयोजनाविरुद्ध आन्दोलन गर्ने नियन्त्रणमा

 रासस आषाढ ०१, २०७७,मेलम्ची / मेलम्ची खानेपानी आयोजना विरुद्ध आन्दोलन गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेलम्ची खानेपानी आयोजनाबाट पाउनुपर्ने बाँकी रकम भुक्तानी नदिएको भन्दै मजदूर र स्थानीय ठेकेदारले आयोजना विरुद्ध आज आन्दोलन गरेका हुन् । उनीहरुले आजबाट आन्दोलन शुरु गरेका हुन् । मेलम्ची खानेपानी आयोजनाको यस अघिको इटालियन ठेकेदार कम्पनी (सिएससी) ले […]

अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छः प्रधामन्त्री ओली

काठमाडाैं, जेठ ३२ः नयाँ नक्सा समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘अब भूमि फिर्ताका लागि भारतसँग वार्ता हुन्छ ।’ सरकार अभूतपूर्व एकताले उत्साही छ । र, यसकै जगमा भारतसँग वार्ताको पक्षमा छ ।प्रधानमन्त्री ओलीले संविधान संशोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा रहेको भन्दै आगामी […]

प्रतिनिधि सभाले गर्‍यो महान निर्णय , नेपालको संविधानको दोस्रो संशोधन विधेयक २०७७ पारित

जेठ ३१, काठमाडौँ । संघीय संसदको प्रतिनिधिसभा बैठकबाट संविधान संशोधन विधेयकको पारित भएको छ । शनिबार बसेको प्रतिनिधिसभाको बैठकले संविधान संशोधन विधेयक पारित गरेको हो । विधेयकका विषयमा दफाबार छलफल सकिएपछि मतदान भएको थियो । बैठकमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ऐतिहासिक निर्णय प्रस्तुत गरेका थिए । संसदमा उपस्थित रहेका २५८ जना सांसदहरु सबैले संशोधन विधेयकको पक्षमा […]

 विहारका मुख्यमन्त्री योगीलाई ओलीद्वारा चेतावनी :  नेपाल हेपिन तयार हुँदैन

काठमाडौँ, २८ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले विहारका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे दिएको अभिव्यक्ति निन्दनीय रहेको उल्लेख गर्दै नेपाल कुनै पनि मुलुकसँग नहेपिने चेतावनी दिनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले आदित्यनाथको अभिव्यत्ति नाजायज भएको बताउनुभयो । आदित्यथान केन्द्रीय […]

 

photo

NOC1-250x300