गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको छ। अधिवक्ताद्वय मनिषकुमार श्रेष्ठ र बासु खड्काले बिहीबार रिट दर्ता गराउँदै मनोनयन प्रक्रिया बदर गर्न माग गर्नुभएको हो। रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय संसद् सचिवालय, गृह मन्त्रालय तथा गृहमन्त्री अर्याललाई विपक्षी बनाइएको छ।

निवेदकहरूले नेपालको संविधानको धारा ८७ (१) को खण्ड (ङ) उल्लेख गर्दै लाभको पदमा बहाल रहेको व्यक्ति सङ्घीय संसद्को सदस्य हुन अयोग्य हुने जिकिर गरेका छन्।मन्त्रिपरिषद्को गत चैत १ गते बसेको बैठकले सरकारी कोषबाट पारिश्रमिक तथा सुविधा लिइरहेका वर्तमान गृहमन्त्री अर्याललाई राष्ट्रिय सभा सदस्यमा मनोनयनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो।

रिट निवेदनमा राष्ट्रिय सभामा मनोनयन हुनुअघि गृहमन्त्रीले पदबाट राजीनामा दिनुपर्ने दाबी गरिएको छ। साथै, उक्त सिफारिस तथा त्यसका आधारमा गरिने मनोनयन, शपथग्रहण लगायतका सम्पूर्ण प्रक्रिया उत्प्रेषणको आदेशमार्फत बदर गर्न र योग्य व्यक्तिलाई मात्र मनोनयन गर्न परमादेश जारी गर्न माग गरिएको छ। मुद्दाको अन्तिम टुंगो नलागेसम्म अर्याललाई राष्ट्रिय सभा सदस्यका हैसियतमा कुनै पनि काम गर्न नदिन अन्तरिम आदेश जारी गर्नसमेत निवेदकले माग गरेका छन्।सर्वोच्च अदालतले उक्त रिटको पहिलो सुनुवाइका लागि आगामी २०८२ साल चैत २५ गतेको मिति तोकेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले