निर्वाचन आउन ५८ दिन बाँकी : आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड


पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि विशेष संयन्त्र आवश्यक रहेकोमा जोड दिइएको छ । सूचना प्रविधिको बढ्दो प्रयोगसँगै सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत निर्वाचन अवधिमा फैलिने मिथ्या सूचना, द्वेषपूर्ण अभिव्यक्ति र भ्रमपूर्ण सामग्री नियन्त्रण गर्न प्रभावकारी संयन्त्र निर्माण गर्नुपर्ने निष्कर्ष निकालिएको हो ।

निर्वाचन आचारसंहिता, २०८२ को दफा २६ बमोजिम गठित केन्द्रीय आचारसंहिता अनुगमन समितिको पहिलो बैठकले आचारसंहिता कार्यान्वयनलाई प्रभावकारी बनाउन विशेष संयन्त्र अपरिहार्य रहेको औँल्याएको छ ।

निर्वाचन आयुक्त सगुन शम्शेर जबराको संयोजकत्वमा बसेको बैठकमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकीकुमारी तुलाधरलगायत समितिका पदाधिकारी सहभागी थिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा आचारसंहिताको परिपालना, कार्यान्वयनका चुनौती, नियामक निकायको भूमिका तथा नियन्त्रणका उपायबारे छलफल भएको थियो ।

बैठकमा सहभागी सदस्यहरूले आचारसंहिता कार्यान्वयनका लागि सचेतनामूलक, प्रवर्द्धनात्मक र दण्डात्मक उपायलाई समानान्तर रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सामाजिक सञ्जाल नियमनको विषय महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रविधिको दुरुपयोग रोक्न नियामक, अनुसन्धान तथा अभियोजन गर्ने निकायबीच सहकार्य अपरिहार्य रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले

समानुपातिक अधिकार कुण्ठित गरिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै

अब सफ्टवेयरबाटै कर्मचारी सरुवा

काठमाडौँ, पुस १६ — सरकारले कर्मचारी सरुवामा देखिँदै आएको बेथिति अन्त्य गर्न सफ्टवेयर प्रणालीमार्फत सरुवा

यस्ताे छ रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल

रास्वपाको प्रि–इलेक्सन नतिजा सार्वजनिक : रमेश प्रसाईं र रञ्जु दर्शनालाई सर्वाधिक मत

पुस १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ ।

बयान दिन सिंहदरबार पुगे पूर्वगृहमन्त्री रमेश लेखक

पुस १४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा घटेका