रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह समूहका ३३ जनालाई केन्द्रीय समिति सदस्यमा मनोनीत गरेको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले बालेन पक्षबाट २६ जना र विवेकशील साझाबाट ७ जना केन्द्रीय सदस्य मनोनीत गरेको हो।

बालेन पक्षबाट वरिष्ठ नेताको जिम्मेवारी बालेन शाह आफैंले पाएका छन्। महामन्त्रीमा इन्जिनियर सुनिल लम्साल र सहमहामन्त्रीमा भूपदेव शाह चयन भएका छन्। लम्साल बालेनका पूर्वाधार सल्लाहकार तथा शाह स्वकीय सचिव हुन्।

यद्यपि, उज्यालो नेपाल पार्टी (उनेपा) को तर्फबाट भने हालसम्म केन्द्रीय समिति सदस्य मनोनीत हुन सकेका छैनन्। उनेपाले एक वरिष्ठ उपसभापति, एक सहमहामन्त्री, एक सहप्रवक्ता सहित २१ जना केन्द्रीय सदस्य पाउने सहमति भएको र ती पदका लागि नाम टुंग्याउन आन्तरिक छलफल जारी रहेको पार्टी नेताहरूले बताएका छन्। उनका अनुसार आज बेलुकासम्म अन्तिम सूची बुझाइनेछ।

उनेपाबाट वरिष्ठ उपसभापतिमा ऊर्जा मन्त्रीसमेत रहेका संरक्षक कुलमान घिसिङ, सहमहामन्त्रीमा जितराम लामा र सहप्रवक्तामा डा. राजु थापाको सम्भावना रहेको छ। डा. थापा साविक उनेपाका प्रवक्ता हुन्।

पुस १४ गते रास्वपा र उनेपाबीच सात बुँदे एकता सहमतिमा हस्ताक्षर भएको थियो। तर निर्वाचन आयोगमा बुझाइएको समानुपातिक उम्मेदवारको बन्दसूची, नेताहरूको व्यवस्थापन तथा सङ्घीयता र गणतन्त्रसम्बन्धी वैचारिक स्पष्टताका विषयमा उनेपाले असन्तुष्टि जनाएको थियो। शनिबार र आइतबार दुई पक्षबीच वैचारिक तथा सैद्धान्तिक विषयमा सहमति जुटेपछि विवाद समाधान भएको नेताहरूले बताएका छन्।

एकताअघि रास्वपामा एक सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्री, एक कोषाध्यक्ष, एक प्रवक्ता र दुई सहप्रवक्ता थिए। तीन पक्षबीचको एकतालाई व्यवस्थापन गर्न केन्द्रीय समिति बैठकले उपसभापति, महामन्त्री, सहमहामन्त्री र सहप्रवक्ता एक–एक पद थप्ने निर्णय गरेको हो।

रास्वपाको विधानअनुसार १२२ सदस्यीय केन्द्रीय समिति रहने व्यवस्था छ। हाल पार्टीमा ५२ जना केन्द्रीय सदस्य छन् भने सातै प्रदेशका सभापति पदेन सदस्य रहने व्यवस्था छ।

साविक रास्वपाबाट सभापतिमा रवि लामिछाने, उपसभापतिमा डीपी अर्याल र डा. स्वर्णिम वाग्ले, महामन्त्रीमा कवीन्द्र बुर्लाकोटी, सहमहामन्त्रीमा विपिन कुमार आचार्य, कोषाध्यक्षमा लिमा अधिकारी र प्रवक्तामा मनिष झा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०