ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक तथा स्थान हद फुकुवा गरेको छ।

ओलीको बयान लिएपछि आयोगले उनीमाथि लगाइएका बन्देजहरू फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन्।

आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार घटनाको जाँचबुझ तथा छानबिनका क्रममा असोज १२ गते ओलीलाई विदेश भ्रमणमा रोक लगाइएर अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो। तर सोधपुछलगायत आवश्यक प्रक्रिया सम्पन्न भइसकेकाले उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै बन्देज फुकुवा गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले