ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक तथा स्थान हद फुकुवा गरेको छ।

ओलीको बयान लिएपछि आयोगले उनीमाथि लगाइएका बन्देजहरू फुकुवा गर्ने निर्णय गरेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज निर्णय सार्वजनिक गर्दै फुकुवाको जानकारी गराएका छन्।

आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार घटनाको जाँचबुझ तथा छानबिनका क्रममा असोज १२ गते ओलीलाई विदेश भ्रमणमा रोक लगाइएर अनुमतिबेगर काठमाडौं उपत्यका छाड्न नपाउने निर्णय गरिएको थियो। तर सोधपुछलगायत आवश्यक प्रक्रिया सम्पन्न भइसकेकाले उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै बन्देज फुकुवा गरिएको विज्ञप्तिमा जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

निर्वाचन आउन ५८ दिन बाँकी : आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

समानुपातिक अधिकार कुण्ठित गरिएको भन्दै माइतीघरमा विरोध प्रदर्शन

पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै

खोला किनारको मापदण्ड खारेजको माग गर्दै माइतीघरमा प्रदर्शन

पुस १७, काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका

अब सफ्टवेयरबाटै कर्मचारी सरुवा

काठमाडौँ, पुस १६ — सरकारले कर्मचारी सरुवामा देखिँदै आएको बेथिति अन्त्य गर्न सफ्टवेयर प्रणालीमार्फत सरुवा

यस्ताे छ रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति

१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल