January 5, 2026

ओली–प्रचण्ड भेट: सहकार्यको संकेत, तीन दल नजिकिने तयारी?

 पुस २१ ,काठमाडौं । भारत भ्रमणअघि एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार बिहान करिब आधा घण्टा भेटवार्ता भएको छ। ललितपुरको एक निजी घरमा भएको भेटमा राष्ट्रियसभा सदस्य चुनाव, २१ फागुनको निर्वाचन र दलगत सहकार्यबारे छलफल भएको नेतानिकट स्रोतले जनाएको छ।

प्रचण्ड सचिवालयका अनुसार दुवै नेता चुनावमा सहभागी हुनुपर्नेमा सहमत देखिए पनि सरकारले चुनावको अनुकूल वातावरण नबनाएको निष्कर्षमा पुगेका छन्। भेटलाई तत्काल सहमतिभन्दा पनि निरन्तर संवाद र विश्वास निर्माणतर्फको ‘आइसब्रेक’का रूपमा हेरिएको छ।

राष्ट्रियसभा चुनाव र आगामी निर्वाचनमा सहकार्यबिना परिणाम हासिल गर्न कठिन हुने बुझाइ दुवै पक्षमा देखिएको छ। यसक्रममा कांग्रेस, एमाले र नेकपा मिलेर साझा रणनीति बनाउने सम्भावनाबारे समेत अनौपचारिक छलफल भएको बताइएको छ।

नेताहरूले आन्तरिक राजनीति र भूराजनीतिक अवस्थाको विश्लेषणसमेत गरेका छन्। स्रोतका अनुसार प्रमुख दल कमजोर पार्ने प्रयास भइरहेको निष्कर्षसहित तीन दल मिलेर वैकल्पिक राजनीतिक शक्तिसँग प्रतिस्पर्धा गर्नुपर्ने बहस अघि बढेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुलमान घिसिङको घोषणा : ‘अबको मेरो बाटो राजनीतिक हुनेछ “

बुधबार, पुस २३, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी

निर्वाचन आउन ५८ दिन बाँकी : आचारसंहिताको प्रभावकारी कार्यान्वयनमा जोड

पुस २२,काठमाडौं । निर्वाचन आउन ५८ दिन मात्र बाँकी रहँदा निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि

अण्डाको मूल्य घट्यो

चितवन, पुस २१ गते । क्रमशः अण्डाको मूल्य घटेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्महरूसँग

रास्वपाको नयाँ पदाधिकारी टुंगो

२१ पुस,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एकता प्रक्रियामा जोडिएका विवेकशील साझा र काठमाडौं

ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा

पुष २१, काठमाडौं । भदौ २३–२४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमाले

नयाँ वर्षको सुरुआतसँगै एआईको प्रभाव, सेयर बजार सुदृढ

१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन्