१८ पुस,टोकियो । एसियाली सेयर बजारले सन् २०२६ को सुरुआत सकारात्मक संकेतका साथ गरेका छन् । टोकियो र साङ्घाई बजार सार्वजनिक बिदाका कारण बन्द रहेकाले कारोबारको मात्रा सीमित भए पनि समग्र बजार धारणा उत्साहजनक देखिएको छ । लगानीकर्ता हाल अमेरिकी वाल स्ट्रिटबाट आउने नयाँ आर्थिक सङ्केतको प्रतीक्षामा छन् ।
सन् २०२५ मा विश्व सेयर बजारले उल्लेखनीय वृद्धि हासिल गरेको थियो । अमेरिकाको एस एन्ड पी ५०० सूचकाङ्क १६.४ प्रतिशतले बढ्दा प्रविधि केन्द्रित नास्ड्याक २०.४ प्रतिशतले उकालो लागेको थियो । बेलायतको एफटीएसई सूचकाङ्कले पनि १६ वर्षयताकै उत्कृष्ट क्रिसमस प्रदर्शन गरेको थियो ।
एसियाली बजारतर्फ सन् २०२५ मा दक्षिण कोरियाको सेयर बजार करिब ७५ प्रतिशतले उक्लिएको थियो । हङकङको हाङ सेङ सूचकाङ्क २८ प्रतिशतले बढ्दा जापानको निक्केई २२५ सूचकाङ्क २६ प्रतिशतभन्दा बढीले वृद्धि गरेको थियो । विश्लेषक काइल रोड्डाका अनुसार नयाँ वर्षको सुरुआतसँगै लगानीकर्ताको मुख्य चासो यही वृद्धिले निरन्तरता पाउँछ कि पाउँदैन भन्ने हो । बजारको साझा धारणा भने सकारात्मक प्रवृत्ति कायम रहनेतर्फ छ ।
उनका अनुसार अमेरिकी अर्थतन्त्रमा वृद्धिदर कायम रहने, मुद्रास्फीति नियन्त्रणमा रहने र आगामी दिनमा ब्याजदर घट्ने अपेक्षाले सेयर बजारलाई थप टेवा पुग्ने अनुमान गरिएको छ ।
शुक्रबार हङकङको सेयर बजार २.२ प्रतिशतले बढेको छ । चिप डिजाइन कम्पनी बिरेन टेक्नोलोजिज आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)पछि ८० प्रतिशतले उकालो लागेको छ । कम्पनीले ७० करोड अमेरिकी डलरभन्दा बढी रकम सङ्कलन गरेको छ, जसले कृत्रिम बौद्धिकता (एआई) क्षेत्रमा लगानीकर्ताको चासो अझै मजबुत रहेको संकेत दिएको छ ।
यसैबीच, चिनियाँ खोज इन्जिन कम्पनी बाइडुले आफ्नो एआई चिप इकाइ ‘कुनलुनसिन’ लाई हङकङमा सूचीकृत गर्ने प्रक्रिया अघि बढाएको घोषणा गरेपछि बाइडुको सेयर करिब ७ प्रतिशतले बढेको छ ।
ताइपेई, सिड्नी, जकार्ता, मनिला र सिङ्गापुरका सेयर बजार पनि उकालो लागेका छन् । दक्षिण कोरियाको कोस्पी सूचकाङ्क १.७ प्रतिशतले बढ्दा सामसुङ इलेक्ट्रोनिक्सको सेयर मूल्य ३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीका उच्च ब्यान्डविथ मेमोरी चिपप्रति ग्राहकबाट सकारात्मक प्रतिक्रिया आएको बताइएको छ ।
नयाँ वर्षको सुरुआतसँगै बहुमूल्य धातुको मूल्य पनि बढेको छ । सुनको मूल्य ०.६४ प्रतिशत र चाँदीको मूल्य १.५ प्रतिशतले वृद्धि भएको छ ।
रासस/एएफपी
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक
अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई
काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने
माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि
काठमाडौँ, पुस १३ । निर्वाचन आयोगले आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि