पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै ‘महिला अधिकारका लागि दबाब अभियान’ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। अभियानका सहभागीहरू शुक्रबार बिहान माइतीघरमा भेला भई बानेश्वरसम्म विरोध र्यालीसहित प्रदर्शनमा उत्रिएका हुन्।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाइसकेका छन्।
तर ती सूचीमा संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित नगरी सेलिब्रेटी र पार्टी नेतृत्वका आफन्तहरूलाई प्राथमिकताका साथ समावेश गरिएको भन्दै विरोध भइरहेको छ।
प्रदर्शनकारीहरूले समानुपातिक प्रणालीको दुरुपयोग बन्द गर्न, महिलालगायत सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न र बन्द सूची पुनरावलोकन गर्न माग गरेका छन्।
पुस १७, काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका
काठमाडौँ, पुस १६ — सरकारले कर्मचारी सरुवामा देखिँदै आएको बेथिति अन्त्य गर्न सफ्टवेयर प्रणालीमार्फत सरुवा
१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल
पुस १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ ।
पुस १४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा घटेका
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)