पुस १८, २०८२, काठमाडौं । संविधानले सुनिश्चित गरेको समानुपातिक समावेशी अधिकार कुण्ठित गरिएको आरोप लगाउँदै ‘महिला अधिकारका लागि दबाब अभियान’ले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ। अभियानका सहभागीहरू शुक्रबार बिहान माइतीघरमा भेला भई बानेश्वरसम्म विरोध र्यालीसहित प्रदर्शनमा उत्रिएका हुन्।
आगामी २१ फागुनमा हुने निर्वाचनका लागि राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्द सूची बुझाइसकेका छन्।
तर ती सूचीमा संविधानको मर्मअनुसार समावेशी प्रतिनिधित्व सुनिश्चित नगरी सेलिब्रेटी र पार्टी नेतृत्वका आफन्तहरूलाई प्राथमिकताका साथ समावेश गरिएको भन्दै विरोध भइरहेको छ।
प्रदर्शनकारीहरूले समानुपातिक प्रणालीको दुरुपयोग बन्द गर्न, महिलालगायत सीमान्तकृत समुदायको हक अधिकार सुनिश्चित गर्न र बन्द सूची पुनरावलोकन गर्न माग गरेका छन्।
चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद