१४ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकता गर्ने सहमति भएको छ।
एकतासम्बन्धी सहमतिपत्रमा रास्वपाका सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र साक्षीका रूपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार कुलमान घिसिङलाई सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा राख्दै उपसभापति पद दिने व्यवस्था गरिएको छ। त्यस्तै, डीपी अर्याल र डा. स्वर्णिम वाग्ले पनि उपसभापतिका रूपमा रहनेछन्।
यसैगरी, उज्यालो नेपाल पार्टीबाट १८ जनालाई समानुपातिक उम्मेदवारको सूचीमा समावेश गर्ने विषयमा मौखिक सहमति भएको बताइएको छ। यसअघि नै बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सहमति भइसकेको रास्वपाले जनाएको छ।
पुस १४, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रि–इलेक्सनको नतिजा सार्वजनिक भएको छ ।
पुस १४, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनका क्रममा घटेका
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
विराटनगर, पुस १३ । चुनावको मिति घोषणा भएपछि श्रम संस्कृति पार्टी गठन गरी चुनावी प्रचारमा
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
काठमाडौँ, १३ पुस २०८० । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले