१० पुस, काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले आफ्नै नेतृत्वमा नयाँ राजनीतिक दल गठनको तयारी थालेका छन्। राजनीतिक सक्रियता बढाउँदै उनले पछिल्ला दिनमा विभिन्न दलका नेता, जेन–जी अगुवा, पत्रकार तथा कलाकारहरूसँग छलफल तीव्र पारेका छन्।
स्रोतका अनुसार बालेनले ललितपुरको कुपण्डोलस्थित एक निजी निवासमा बुधबार राति अबेरसम्म अलग–अलग तथा सामूहिक छलफल गरेका थिए। उक्त छलफल आज पनि जारी रहने जनाइएको छ।
बुधबारको छलफलमा राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, जेन–जी फ्रन्टका प्रतिनिधि तथा केही सञ्चारकर्मी सहभागी थिए। सहभागीमध्ये नागरिक उन्मुक्ति पार्टीका नेता रेशमलाल चौधरीले छलफलमा सहभागिता रहेको स्वीकार गर्दै पुराना दलको विकल्पका रूपमा नयाँ शक्तिहरू एकीकृत भएर अघि बढ्ने प्रस्ताव बालेनले राखेको जानकारी दिए।
उनले भने, “पुराना दलको विकल्पमा नयाँ शक्तिहरू मिलेर चुनावमा जाने प्रस्तावबारे प्रारम्भिक छलफल भयो। यस्ता छलफललाई निरन्तरता दिने सहमति छ।”
यसअघि सोमबार बालेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग पनि छलफल गरेका थिए। तर उक्त छलफलपछि ठोस सहमति नजुटेपछि उनले अन्य राजनीतिक तथा सामाजिक व्यक्तिहरूसँग संवाद अगाडि बढाएको स्रोतको भनाइ छ।
कुपण्डोलको छलफलमा सहभागी स्रोतहरूका अनुसार बालेन आफ्नै नेतृत्वमा दल बनाउने मनस्थितिमा देखिएका छन्। स्रोतका अनुसार उनले पार्टी नेतृत्व आफैंले गर्ने र आगामी निर्वाचनमा ‘लौरो’ चुनाव चिह्नमार्फत प्रतिस्पर्धा गर्ने संकेत गरेका छन्। ‘लौरो’ चिह्नबाटै बालेनले काठमाडौं महानगरपालिकाको मेयर पदको निर्वाचन जितेका थिए।
छलफलमा सहभागी एक नेताका अनुसार बालेनले अरूको नेतृत्वमा नभई आफ्नै नेतृत्वमा जेन–जीसहितका नयाँ शक्तिलाई समेटेर अघि बढ्ने धारणा व्यक्त गरेका छन्। “रविसँग छलफल भए पनि पार्टी नेतृत्व आफैंले गर्ने संकेत देखियो,” ती नेताले भने।
बुधबार साँझ भएको छलफलमा बालेनले अब आफू पार्टी राजनीतिमा प्रवेश गरेको र सहकार्य आवश्यक रहेको बताएको स्रोतले जनाएको छ। बहुमत ल्याउने सम्भावना र चुनावी समीकरण मिलाउने विषयमा समेत छलफल भएको बताइन्छ।
यसैबीच, पत्रकार ऋषि धमलाले बालेनसँगको भेटमा आफू झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा रहेको कुरा बालेनले बताएको जानकारी दिएका छन्। झापा–५ हाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो।
बालेन साहको पछिल्लो सक्रियतासँगै आगामी दिनमा नयाँ राजनीतिक समीकरण र दल गठनको प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने संकेत देखिएको छ।
३ पुस, काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेन–जी आन्दोलनपछिको तीन महिनामा सरकारले पुनरुत्थान र पुनर्निर्माणको
२ पुस, काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधि
मंसिर २५, काठमाडौं ।सर्वोच्च अदालतको आदेशपछि नेपाल विद्युत प्राधिकरण (नेविप्रा) मा कार्यकारी निर्देशकका रूपमा पुनर्बहाली
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री