रास्वपासँग एकता वार्ता नगर्ने उनेपाको निष्कर्ष, ‘राजनीतिक बेइमानी’ गरेको आरोप

मंसिर २३, २०८२ – काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टी (उनेपा) बीच भइरहेको एकता प्रक्रिया औपचारिक रूपमै बन्द भएको छ। उनेपाको बिहीबार सम्पन्न ५औँ केन्द्रीय समिति बैठकले रास्वपाले ‘राजनीतिक बेइमानी’ गरेको निष्कर्ष निकाल्दै निकट भविष्यमा एकताको सम्भावना समाप्त भएको घोषणा गरेको हो।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार, रास्वपाले लगातार नयाँ–नयाँ शर्त थपेर वार्ता अलमल्याउने र आफूअनुकूल मात्र प्रक्रिया अघि बढाउने व्यवहार देखाएको भन्दै सबै नेताहरू एकमत भएका थिए। उनका अनुसार, “अहिलेलाई कुनै छलफल नहुने, र यदि भविष्यमा वार्ता गर्नुपरे जिम्मेवारीसहित कुलमान घिसिङलाई नै अघि सार्ने” समझदारी बनेको छ।

बैठकमा कुलमान घिसिङ स्वयं पनि सहभागी थिए। स्रोतका अनुसार, उनले रास्वपाका सभापति रवि लामिछानेले ‘अनावश्यक रूपमा इन्गेज गराएर प्रक्रिया लम्ब्याएको’ ब्रिफिङ दिएका थिए।

उनेपाका एक नेताले भने, “रविजीले पछिल्लो समय जेलमै भेटघाट आयोजना गर्न थाले, मिडिया ट्रायल गरे, बाहिर एकताको कुरा गरे तर भित्रभित्रै संगठन विस्तारमै केन्द्रित रहे। वैकल्पिक शक्ति भन्दै अरूलाई वैकल्पिक बन्न नदिने रणनीति अपनाए।” उनका अनुसार, सहमति नजिक जाँदा पनि रास्वपाका तर्फबाट बारम्बार नयाँ अड्को थपिँदै गएको थियो।

उनेपाले अन्तिमसम्म प्रयास गरे पनि रास्वपा सहमतिमा नआएपछि एकताको प्रक्रिया ‘स्थगित’ भएको बताएको छ। कर्णालीतर्फ संगठन विस्तार अभियानमा रहेका नेता जिताराम लामाले पनि “अहिलेलाई संवाद रोकिएको” स्वीकार गरेका छन्। उनका अनुसार, “पछाडि फेरि कुरा हुन सक्छ, तर अहिले उनेपा पार्टी निर्माण र संगठन विस्तारमै केन्द्रित छ।”

एकता संवादमा रास्वपाबाट उपसभापति स्वर्णिम वाग्ले, शिशिर खनाल, पुकार बम र उनेपाबाट गणेश घिसिङ, तारा जोशी, जिता लामा लगायत सक्रिय थिए।

स्रोतका अनुसार, कुलमान घिसिङ उनेपालाई रास्वपामा समेट्ने प्रस्तावमा निकै लचक देखिएका थिए। उनले रवि लामिछानेलाई सभापति मान्ने र आफू सहसंयोजक बस्न तयार भएको बताइन्छ। तर, रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालले कार्यवाहक पद नछोडेपछि सहमति भत्किएको उनेपाको दाबी छ। उनेपाका नेताहरूका अनुसार, “एकता भए कुलमान हाबी हुने र डीपी अर्याल ओझेलमा पर्ने डरले उनले अड्को थापे।”

रास्वपाका एक नेताले भने, “हामी कुलमानलाई उपसभापति दिन तयार थियौँ, तर उनेपाले केही समयका लागि भए पनि कार्यवाहक सभापति माग्यो। पार्टी बुझाउने खालको प्रस्ताव हामी स्वीकार्न सकिँदैनथ्यो।”

रवि लामिछाने जेलमै रहेका कारण कुलमानले चुनावसम्म पार्टी नेतृत्व सम्हाल्न खोजेको पनि रास्वपाका केही नेताहरूको टिप्पणी छ। तर, उनीहरूले आगामी चुनावमा तालमेलको सम्भावना भने खुला रहेको जनाएका छन्।

यसबीच, काठमाडौं महानगरका मेयर बालेन साहले पनि रवि र कुलमानबीच एकता हुन सके आफू समर्थनमा रहने बताएका थिए। बालेन कुनै कमिटीमा प्रत्यक्ष बस्ने नभए पनि आफ्ना निकट सहयोगीमार्फत समर्थन जनाइदिने तयारीमा रहेको स्रोतले जनाएको छ। कुलमान पनि बालेन आफ्नो पक्षमा रहनेमा विश्वस्त देखिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।