
मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष हुनुपर्नेमा पार्टीको जोड रहेको बताएका छन्। शनिबार च्यासलस्थित पार्टी मुख्यालयमा ‘नवयुग ई–बुलेटिन’ शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले निर्वाचन फागुन २१ गते हुने अवस्था नरहे पनि कुनै पनि दिन हुने निष्पक्ष निर्वाचनको एमालेले प्रतीक्षा गरिरहेको स्पष्ट पारे।
ओलीले आगामी निर्वाचनमा एमाले बहुमतसहित फर्किने दाबी गर्दै पुराना पार्टीहरू सकिए भन्ने भ्रममा नपरन चेतावनी दिए। उनका अनुसार निर्वाचनपछि पनि पुराना दलकै नेतृत्वमा सरकार बन्ने सम्भावना कायमै छ। उनले एमाले कुनै समीकरण बदल्ने खेलमा नरहेको तथा सरकार ढाल्ने प्रयत्नमा नलागेको स्पष्ट गरे।
अध्यक्ष ओलीले भदौ २३ र २४ का घटनापछि देश प्रतिगमनतर्फ धकेलिएको आरोप लगाउँदै त्यसलाई हटाई देश र संविधानलाई मूल धारमा फर्काउनु आजको प्रमुख आवश्यकता रहेको बताए। समसामयिक राजनीतिक अवस्थाको आलोचना गर्दै उनले ‘विधि प्रक्रिया बिना कुर्सीमा बसेर आफूलाई सरकार घोषणा गरिएको’ दाबी गरे।
उनले आफूलाई पक्राउ गर्न खोजिएको भन्दै वर्तमान सरकारले प्रमाण जुटाउन चुनौती पनि दिए। असंवैधानिक सरकारले असंवैधानिक ढंगले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना गर्नुपर्ने माग दोहोराउँदै ओलीले संविधान, लोकतन्त्र, सुशासन र विकासको पक्षमा एमाले निरन्तर गतिशील रहेको दाबी गरे।
अध्यक्ष ओलीले देश अहिले विभाजित अवस्थामा रहेको उल्लेख गर्दै यस्तो बेला एमालेका गतिविधि प्रभावकारी ढंगले सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, विश्व मञ्चमा नेपालको पहिचान स्थापित गर्ने कार्य एमालेकै नेतृत्वमा सफलतापूर्वक अघि बढेको दाबी पनि उनले गरे।
काठमाडौँ, पुस १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)
विराटनगर, पुस १३ । चुनावको मिति घोषणा भएपछि श्रम संस्कृति पार्टी गठन गरी चुनावी प्रचारमा
काठमाडौँ, १३ पुस २०८० । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु
काठमाडौँ, १३ पुस २०८० । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले नेपाली जनताले
काठमाडौं, पौष १२ । उज्यालो नेपाल पार्टीले आफ्नो अस्तित्व गुमाएर कुनै पनि दलसँग एकता नगर्ने
पुष ११, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा भित्र्याउने