सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार ।

राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री नीतिगत सुधारका लागि सरकारलाई आग्रह गरेको छ। आइतबार र सोमबार गोरखामा सम्पन्न महासङ्घको तेस्रो केन्द्रीय कार्यसमिति बैठकले उमेर तथा अवस्थाका आधारमा वर्गीकरण गरी भत्ता वृद्धि गर्नुपर्ने निष्कर्ष निकाल्दै सरकारले चाँडै निर्णय गर्नुपर्ने माग गरेको छ।

महासङ्घले हवाई तथा सार्वजनिक यातायातमा ज्येष्ठ नागरिकका लागि विशेष भाडा छुट व्यवस्था गर्नुपर्ने तथा सामाजिक सुरक्षा भत्ताबापत बैंकमा वर्षौंदेखि निष्क्रिय रूपमा रहेको अरबौँ रुपैयाँ ज्येष्ठ नागरिक कोषमा लैजाने नीतिगत व्यवस्था मिलाउनुपर्ने सुझाव राखेको छ।

स्वास्थ्य सेवा सुधारतर्फ लक्षित गर्दै महासङ्घले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र ज्येष्ठ नागरिकमैत्री बनाउनुपर्ने आवश्यकता औँल्याएको छ। वृद्धभत्ता खाता खोलिएको सुरुदेखि नै भत्तामा व्याज लागू गर्नुपर्ने माग पनि बैठकमार्फत अघि सारिएको महासङ्घका अध्यक्ष सूर्यप्रसाद श्रेष्ठले जानकारी दिए।

महासङ्घले सरकारी, निजी तथा व्यक्तिगत स्तरमा निर्माण हुने पूर्वाधारलाई ज्येष्ठ नागरिकमैत्री बनाउन नीति तथा कानुनमार्फत स्पष्ट निर्देशिका तयार पार्न माग गरेको छ। शिक्षामा समेत सुधार आवश्यक ठान्दै माध्यमिक तहदेखि उच्च शिक्षा तहसम्मको पाठ्यक्रममा ‘बुढ्यौली शिक्षा’ र ‘नैतिक शिक्षा’ समावेश गर्न पहल गर्ने निर्णय बैठकले गरेको छ।

अन्तरपुस्तीय दूरी घटाउन ७७ वटै जिल्लामा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय तहका प्रत्येक वडामा कम्तीमा एउटा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र स्थापना गर्नुपर्ने लगायतका माग पनि अघि सारिएको छ।

महासङ्घले राष्ट्रिय सभामा कम्तीमा एक जना प्रतिनिधि मनोनयनका लागि आरक्षण कोटा व्यवस्था मिलाउनुपर्ने मागसहितको ध्यानाकर्षणपत्र सरकार तथा राजनीतिक दलका सबै तहमा बुझाउने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

सफल जीवन बीमा अभिकर्ता बन्ने कला

  अधिवक्ता तारा निधि पन्त जीवन बीमा अभिकर्ता बन्नु केवल आम्दानीको स्रोत मात्र होइन, समाजका व्यक्तिहरूलाई

काठमाडौँ महानगरपालिकाबाट कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदमा सहयोग

काठमाडौँ, माघ २७ गते । काठमाडौँ महानगरपालिकाले कीर्तिपुर अस्पताललाई स्वास्थ्य उपकरण खरिदका लागि सहयोग गर्ने

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि