कात्तिक १९, फिदिम, । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले श्रमको मूल्य र संस्कृतिको प्रसारबाट मात्र देशमा वास्तविक समृद्धि सम्भव हुने बताएका छन्।
मङ्गलबार पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष साम्पाङले भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताले देशको विकास रोकेको भन्दै श्रममै समृद्धिको आधार रहेको स्पष्ट पारे। उनले भने, ‘देशमा फुर्सदिला मानिसहरू धेरै भएका कारण नै विभेद, अन्याय, अत्याचार र भ्रष्टाचार जस्ता विकृतिहरू मौलाएका छन्। हाम्रो संगठनले यी सबै विकृति अन्त्य गर्ने अभियान थालेको छ। सबैलाई यस अभियानमा सहभागी हुन आह्वान गर्छु।’
दुई दिनअघि निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र प्राप्त गरेपछि अध्यक्ष साम्पाङले फिदिममा पहिलोपटक आयोजित आमसभामा सम्बोधन गरेका हुन्। फिदिम माध्यमिक विद्यालयको खेल मैदानमा भएको कार्यक्रममा गाउँ–गाउँबाट आएका नागरिकहरूले साम्पाङको भाषण सुनेका थिए।
उनले श्रम संस्कृतिको प्रसार र व्यवहारमा उतार्न सके मात्र देशले अपेक्षित विकासको गन्तव्य हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री
१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।
काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार