सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने माग गरेका छन्।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले हालै सम्पन्न केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्दै जेनजी विद्रोहले आफ्नो राजनीतिक उद्देश्य हासिल गर्न नसकेको बताए।

विप्लवले भने, “आन्दोलनको मर्म र उद्देश्य पूरा हुने खालको भएको छैन। अहिले फेरि नयाँ षड्यन्त्रहरू देखिँदै छन्। अन्तरिम सरकार जेनजी आन्दोलनको मागअनुरूप बनेको छैन, बरु रहस्यमय ढंगले गठन गरिएको छ।”

उनका अनुसार हालको सरकार गठनमा कुनै पनि राजनीतिक दलको वास्तविक समर्थन छैन। “यो सरकारलाई आफ्नो पक्षमा भएको भनी देखाइएको भए पनि कसैले समर्थन गरेको छैन,” उनले भने।

विप्लवले मन्त्रीहरू पनि जेनजी आन्दोलनको भावना विपरीत चयन भएको आरोप लगाउँदै हालको सरकारलाई खारेज गरी सबै पक्षको सहभागितामा नयाँ अन्तरिम सरकार गठन गर्नुपर्ने माग दोहोर्याए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका