काठमाडौँ, आश्विन ९, २०८२ ।
नेकपा (माओवादी केन्द्र) ले समाजवादी मोर्चामा आबद्ध दलसँग एकता गर्ने निर्णय गरेको छ।
बिहीबार प्रज्ञा प्रतिष्ठानमा आयोजित पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी दलहरूसँग एकता प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए। संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि अन्य शक्तिसँग पनि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले आगामी दिनमा व्यापक राजनीतिक एकताको आवश्यकता दोहोर्याए।
अध्यक्ष दाहालले पार्टीको विशेष महाधिवेशनअघि नै एकता महाधिवेशन गर्नुपर्ने परिस्थिति आउन सक्ने उल्लेख गर्दै मंसिरमा विशेष महाधिवेशन गर्ने घोषणा गरेका छन्।
समाजवादी मोर्चामा हाल नेकपा (एकीकृत समाजवादी), विप्लव नेतृत्वको नेकपा र नेसपा आबद्ध छन्। दाहालका अनुसार यी तीनै दलसँग तत्काल एकता प्रक्रिया अघि बढाइनेछ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी
मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान
२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि
काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री