प्रचण्डमाथि जनार्दनको आक्रोश : कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन


भदौ ८, २०८२ | काठमाडौं

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का अभिव्यक्तिप्रति प्रत्यक्ष टिप्पणी गरेका छन्।

‘वर्तमान नेपाली राजनीतिको अग्रगामी रूपान्तरण’ विषयक बहस कार्यक्रममा बोल्दै शर्माले शेषनागले पृथ्वी बोकेको कथा अब दन्त्यकथा मात्र भएको भन्दै प्रचण्डको भनाइप्रति कटाक्ष गरे।

अध्यक्ष प्रचण्डले बुधबार आयोजित कार्यक्रममा सरकारको नेतृत्वमा नभए पनि देशको राजनीतिको “खाँबो” आफू भएको महसुस हुने अभिव्यक्ति दिएका थिए। उनले भनेका थिए,
“अहिले म सरकारको नेतृत्वमा छैन, प्रमुख प्रतिपक्ष दलको नेता मात्र छु। तर, देशको राजनीतिको खाँबो मैले छोडिदिए भने भत्किने हो कि जस्तो लाग्छ। पूरै जिम्मा मेरै काँधमा भएको जस्तो लाग्छ।”

त्यसको जवाफमा शर्माले भने,
“शेषनागले कतै पृथ्वी बोकेको छैन, त्यो त दन्त्यकथा हो। शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने कुरा पनि विज्ञानले खारेज गरिसकेको छ। यसैले कसैले काँध छोड्दैमा पृथ्वी ढल्दैन।”

शर्माले संविधानले केही उपलब्धि दिलाए पनि ती उपलब्धिको लाभ आम नागरिकसम्म पुर्‍याउन नसकिएको उल्लेख गरे। उनका शब्दमा,
“मैले गरेको प्रश्न म आफैँलाई हो। तर मेरो प्रश्नले अरूलाई डराउने अवस्था छ। संविधानका धारा कागजमा मात्र सीमित हुँदा जनताले वास्तविक लाभ पाउन सकेका छैनन्।”

अन्तरिम कालदेखि नै संसद्मा निरन्तर सक्रिय आफूलाई पछिल्लो समय “कानुन चोरी हुने ठाउँमा समय खर्चिएको” अनुभूति भएको उनले बताए। पछिल्ला दिनमा अध्यक्ष प्रचण्ड र उपमहासचिव शर्माबीच सार्वजनिक कार्यक्रममै आपसी सवाल–जवाफ चलिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना

‘जेनजीका नाममा भएका घटनाको सम्बवन्धमा ओलीकाे अन्तर्राष्ट्रिय मिडियालाइ िदएकाे ताजा अन्तर्वार्ताकाे सार यस्ताे छ’

“जेनजीका नाममा भएका घटनाहरू स्वस्फूर्त होइनन् योजनाबद्ध षड्यन्त्रको परिणाम”   पुस २९,काठमाडौं । जेनजी आन्दोलनका कारण

रिमा विश्वकर्मा र अभिषेक सिंह रास्वपामै रहने संकेत, उज्यालो पार्टीका केही नेताले समानुपातिकबाट नाम फिर्ता लिए

पुस २७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीचको एकता भङ्ग भएसँगै प्रतिनिधिसभा

नेपाली कांग्रेसको विशेष महाधिवेशनमा ३ बजेसम्म १ हजार ७ सयभन्दा बढी प्रतिनिधिले गरे नाम दर्ता

पुस २७, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन सत्र काठमाडौंको भृकुटीमण्डपमा जारी छ। विशेष

विशेष महाधिवेशनमा गोपालमान श्रेष्ठको आग्रह : पार्टी नेतृत्वमा युवालाई अघि सार्नुपर्छ

पुस २७,काठमाडौं । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले पार्टीको विशेष महाधिवेशन विधि र विधानअनुसार सम्पन्न