यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने : मन्त्री गुरुङ

काठमाडौँ, साउन २७ — सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले यस वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ (डीएनएफ–२) लागू गरिने बताएका छन्। मंगलबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा मन्त्री गुरुङले फ्रेमवर्कको मसौदा तयारी पूरा भइसकेको र कार्यान्वयन स्वीकृतिका लागि छिट्टै मन्त्रिपरिषदमा पेस गरिने जानकारी दिए।

उनका अनुसार, २०७६ सालमा लागू भएको पहिलो चरणको डिजिटल नेपाल फ्रेमवर्कमा ८ मुख्य डोमेन र ८० इनिसिएटिभ्स समावेश थिए। दोस्रो चरणको फ्रेमवर्क समयसापेक्ष, व्यापक र बृहत्तर हुने उल्लेख गर्दै उनले कृषि, स्वास्थ्य, शिक्षा, शहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्तीय सेवा र डिजिटल फाउन्डेसनलाई प्राथमिक डोमेनका रूपमा समावेश गरिएको बताए।

सरकारले फ्रेमवर्क कार्यान्वयनका लागि करिब १ खर्ब ७ अर्ब ५० करोड रुपैयाँको बजेट अनुमान गरेको छ। मन्त्री गुरुङका अनुसार, सम्झौता भए पनि विश्व बैंकले परियोजनामा आर्थिक सहयोग नगरेको र यस वर्ष मन्त्रालयले आफ्नै पहलमा लागू गर्ने तयारी गरेको हो।

फ्रेमवर्क प्रभावकारी बनाउन विभिन्न मन्त्रालयसँग साझेदारी आवश्यक भएको उल्लेख गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री कार्यालयमा मुख्य सचिवको संयोजकत्वमा विषयगत समन्वय समिति गठन गर्नुपर्ने धारणा राखे। साथै, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) नीति मसौदा पनि छिट्टै मन्त्रिपरिषदबाट स्वीकृत गरिने जानकारी दिए।

मन्त्री गुरुङका अनुसार, हालसम्म १४० वटा सरकारी निकायमा ‘सरकारी एकीकृत अफिस व्यवस्थापन प्रणाली’ (जीआईओएमएस) लागू भइसकेको छ। करिब २० हजार सरकारी इमेल सेवा प्रयोगमा छन् भने १४ हजार ७३३ वटा विद्युतीय हस्ताक्षर सक्रिय छन्। हुलाक सेवा डिजिटाइजेसन, डाटा सेन्टर निर्माण लगायतका काममा मन्त्रालय सक्रिय रहेको उनले बताए।

यस वर्ष काठमाडौँ र पोखराबाट ५जी नेटवर्क सेवा सुरु गर्ने तथा फोरजी सेवा देशभर विस्तार गर्ने योजना पनि मन्त्री गुरुङले प्रस्तुत गरे।बैठकमा मन्त्रालयकी सचिव राधिका अर्यालले हालसम्म राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० कार्यान्वयनमा ल्याइएको, डाटा सेन्टर तथा क्लाउड सेवा निर्देशिका, २०८१ लागू गरिएको, सरकारी वेबसाइट निर्माण तथा व्यवस्थापनसम्बन्धी निर्देशिका जारी गरिएको र सूचना प्रविधि आकस्मिक सहायता समूह निर्देशिका कार्यान्वयनमा रहेको जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

अब हुने निर्वाचनमा एमाले बहुमतसहित विजयी हुन्छ : अध्यक्ष ओली

मंसिर २१, काठमाडौं— नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन शान्तिपूर्ण, भयरहित र

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार