“राष्ट्रको प्रमुख भइसकेकाले राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा” – एमाले महासचिव शंकर पोखरेल

१४ साउन २०८२

काठमाण्डौं । दुइ पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।

बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एकघण्टा लामो प्रशिक्षणका क्रममा वहाँले यस्तो कुरा बताउनु भएको हो ।राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसावले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले बताउनुभएको छ । विद्या भण्डारीको निवासमै गएर आफुले तपाईले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासंचिव पोखरेलले बताउनुभएको छ ।विरोधका बावजुद पार्टीले निर्णय गर्यो र दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर वहाँमा त्यो धैर्यता देखिएन ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार वहाँ (विद्या) सम्मानित भएर बस्नुपर्छ भन्ने छ । पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतीको पालना गर्नुहुनेछ ।
पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउनेगरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहिन भएको वहाँले बताउनुभयो । त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूलयमान्ताको विषेशता विपरित नभएको वहाँले बताउनुभयो । कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्नुहुँदै नेतृत्व रहस्यमय र अलौकि पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ भन्नुभयो ।

पहलकदमी, प्रतिष्पर्धाको नीतिलाई हामी अवलम्बन गरेकाछौं, पार्टीको लोकतान्त्रिकरणको मुल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन वहाँले भन्नुभयो । महाधिवेशनमा उमेद्वार बन्ने सबैको अधिकार सुक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरुमा हुन्छ वहाँले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री

मलेशियामा श्रमिक पठाउने कम्पनीका लागि दस सर्त

कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि

सुशीला कार्की नेतृत्वको सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्छ : विप्लव

कात्तिक २, काठमाडौं  ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार

सेना किन तानियो विवादमा?

आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको

नर्सका माग सम्बोधन गर्न सरकारी समिति गठन, पहिलो बैठक आजै

काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति