“राष्ट्रको प्रमुख भइसकेकाले राजनीतिमा फर्किने विषय कल्पना बाहिरको कुरा” – एमाले महासचिव शंकर पोखरेल

१४ साउन २०८२

काठमाण्डौं । दुइ पटक राष्ट्रको प्रमुख भएको व्यक्ति राजनीतिमा फर्किने इच्छा राख्नुहोला भन्ने कल्पनै गर्न नसकिने नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले बताउनु भएको छ ।

बुधबार जिफन्टको १२ औं प्रतिनिधि परिषद् बैठकमा महासचिव पोखरेलले नेपालको राजनीति र ट्रेड युनियन आन्दोलन विषयमा एकघण्टा लामो प्रशिक्षणका क्रममा वहाँले यस्तो कुरा बताउनु भएको हो ।राष्ट्रपति बनाउने समयमै उमेर र क्रियाशीलका हिसावले विद्यादेवी भण्डारी उपयुक्त नहुने आफुले कुरा राखेको पनि महासचिव पोखरेलले बताउनुभएको छ । विद्या भण्डारीको निवासमै गएर आफुले तपाईले इच्छा नगर्दा राम्रो हुने सल्लाह समेत दिएको तर पार्टीले निर्णय गरेपछि सबैले सर्वसम्मत राष्ट्रपति बनाएको महासंचिव पोखरेलले बताउनुभएको छ ।विरोधका बावजुद पार्टीले निर्णय गर्यो र दुइ कार्यकाल राष्ट्रपतिको कार्यकाल पुरा गर्नुभएपछि अब वहाँ राजनीतिमा फर्किनुहोला भन्ने लागेकै थिएन । तर वहाँमा त्यो धैर्यता देखिएन ।

पोखरेलका अनुसार पार्टीको नवौं केन्द्रीय कमिटीको बैठकको निर्णय अनुसार वहाँ (विद्या) सम्मानित भएर बस्नुपर्छ भन्ने छ । पार्टीको दृष्टिकोण त्यही हो वहाँले पार्टीको नीति र निर्णलाई मनन गर्नुहुनेछ । पार्टी पद्धतीको पालना गर्नुहुनेछ ।
पार्टी नेतृत्वमा दुई कार्यकालको विषय पार्टीको प्रतिष्ठालाई कमजोर बनाउनेगरी अनावश्यक, भ्रमपूर्ण र तथ्यहिन भएको वहाँले बताउनुभयो । त्यस्तै ७० वर्ष उमेरको हद लोकतान्त्रिक मूलयमान्ताको विषेशता विपरित नभएको वहाँले बताउनुभयो । कस्तो पार्टी हुने भन्ने मदन भण्डारीको विचारलाई स्मरण गर्नुहुँदै नेतृत्व रहस्यमय र अलौकि पात्र जस्तो हुनुहुँदैन जनताबाट अनुमोदित हुनुपर्छ भन्नुभयो ।

पहलकदमी, प्रतिष्पर्धाको नीतिलाई हामी अवलम्बन गरेकाछौं, पार्टीको लोकतान्त्रिकरणको मुल थ्रस्टबाट पार्टी तलमाथि भएको छैन वहाँले भन्नुभयो । महाधिवेशनमा उमेद्वार बन्ने सबैको अधिकार सुक्षित छ तर जनमतबाट नेतृत्व छान्ने अधिकार प्रतिनिधिहरुमा हुन्छ वहाँले भन्नुभयो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले