
सावन ४, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (आइतबार) दिउँसो देशका विभिन्न स्थानहरूमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेश तथा पहाडी भूभागका केही स्थानहरूमा अत्यधिक वर्षा हुन सक्ने विभागको अनुमान छ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन्, “मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने अनुमान गरेको छ। मौसमजन्य विपदबाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौं। अत्यावश्यक बाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु।” प्रधानमन्त्रीले सुरक्षाकर्मीहरूलाई पनि तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।
विभागले नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने र बाढीपहिरोको जोखिम रहन सक्ने भएकाले उच्च सतर्कता आवश्यक रहेको जनाएको छ।
जनजीवनमा असर नपरोस् भन्ने उद्देश्यले स्थानीय प्रशासन र सरोकारवाला निकायहरूलाई पूर्वतयारीमा जुट्न आग्रह गरिएको छ।
बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता
काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री
कात्तिक कार्तिक १४, काठमाडौं । मलेसिया लाभासीका श्रमिक पठाउने देश वैदेशिक व्यापार व्यवसाय कम्पनीका लागि
कात्तिक २, काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले हालको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार
आन्दोलनका क्रममा भदौ २४ गते जलाइँदै गरेको राष्ट्रपतिको कार्यालय। राष्ट्रपतिको कार्यालय जोगाउन नसक्दा आलोचना, संविधानले दिएको
काठमाडौँ, कात्तिक २ गते । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति