साउन २, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीलाई एमालेमा पुनः भित्र्याउने विषयमा हालसम्म कुनै औपचारिक छलफल नभएको स्पष्ट पारेका छन्।
पत्रकार विजयकुमार पाण्डेसँगको अन्तर्वार्तामा ओलीले भण्डारीसँग पार्टीमा फर्किने विषयमा व्यक्तिगत वा औपचारिक कुनै संवाद नभएको दाबी गरे। ओलीले भने, “उहाँले अरुसँग के गर्नुभयो मलाई थाहा छैन, तर मसित कुनै सरसल्लाह गर्नुभएको छैन। पार्टीमा न त मौखिक न त लिखित रूपमा कुनै औपचारिक प्रस्ताव आएको छ।” पूर्वराष्ट्रपति भण्डारीलाई एमालेमा पुनः समावेश गर्ने विषय पार्टीको बैठकबाट निर्णय हुने ओलीको भनाइ छ।
“उहाँ राष्ट्रपतिमा जान आफ्नै निर्णयमा गएकी होइनन्, हामीले पठाएका थियौं। उहाँ पार्टीकै उपाध्यक्ष हुनुहुन्थ्यो। राष्ट्रपति भएपछि पार्टी छोड्नुभयो,” ओलीले स्मरण गरे। पूर्वराष्ट्रपतिलाई पुनः पार्टीमा ल्याउनेबारे औपचारिक निर्णय गर्नुपर्ने कुरामा ओली सहमत देखिए। उनले भने, “उहाँ फर्कन चाहनुहुन्छ भने पार्टीले विचार गर्छ। यसले राजनीतिक, नैतिक, सामाजिक र व्यवस्थागत सन्दर्भमा के असर पार्छ भन्ने मूल्याङ्कन आवश्यक हुन्छ।” भण्डारीलाई नेतृत्व हस्तान्तरण गर्ने रणनीति हो कि भन्ने प्रश्नमा ओलीले प्रस्टरूपमा अस्वीकार गरे।
एकछिन हाँसेपछि उनले भने, “अहिले उहाँलाई नेतृत्व हस्तान्तरण गर्ने अवस्था छैन। पहिलो, पार्टीले उहाँ राजनीतिमा फर्किनुहुन्छ भन्ने मानेको छैन। दोस्रो, उहाँ लामो समय पार्टीको सक्रिय राजनीतिबाट टाढा बस्नुभयो, संगठनात्मक अनुभव पनि हालको सन्दर्भमा सान्दर्भिक छैन।” निर्णय कहिले हुने भन्नेबारे ओलीले स्पष्ट समयसीमा नतोके पनि “ढिलो नहुने” संकेत दिए। “सल्लाह–विचार गर्नुपर्छ। सार्वजनिकरूपमा उहाँले बोलेका कुराहरूको आधारमा पनि कुरा अगाडि बढ्छ,” उनले भने।
पूर्वराष्ट्रपति भण्डारीले एमालेमा पुनरागमन गर्ने सम्भावनाले नेपाली राजनीतिक वृत्तमा चर्चा पाइरहेको बेला ओलीको यो टिप्पणीलाई सन्दर्भपूर्ण रूपमा हेरिएको छ।
अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज
काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत
काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले
फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’
तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त
फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद