अन्तर्राष्ट्रिय वित्तीय प्रणालीको सुधारमा प्रधानमन्त्री ओलीको जोड


सेभिया (स्पेन), असार १६ – प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारको आवश्यकतामा विशेष जोड दिनुभएको छ। उहाँले सेभियामा आयोजित सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै विकासोन्मुख राष्ट्रका लागि वित्तीय लगानी, ऋण व्यवस्थापन तथा विकास सहायतामा नागरिक समाजको सक्रिय भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो।

संयुक्त राष्ट्रसंघअन्तर्गत ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले विकासशील राष्ट्रले आफ्ना प्रतिबद्धताहरू पूरा गर्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले अझै अधुरा रहेका विकास एजेन्डाहरूको कार्यान्वयनका लागि नागरिक समाजले निरन्तर आवाज उठाउनु पर्ने आवश्यकता औंल्याउनुभयो।

“तपाईंहरू केवल सहभागी होइन, परिवर्तनका उत्प्रेरक र सशक्त आवाज पनि हो। तपाईंहरूको सक्रियता र वकालतले परिणाममुखी परिवर्तन ल्याउन योगदान दिन सक्छ,” प्रधानमन्त्री ओलीले भन्नुभयो। “नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्यमा प्रतिबद्ध रही समावेशीता, आवश्यकताको पहिचान र समानुपातिकताका आधारमा लगानी प्रवाह हुनु पर्ने मान्यतामा स्पष्ट छ। यस यात्रामा नागरिक समाजको वैश्विक साझेदारी र सहभागिता सराहनीय छ।”

उहाँले कसैलाई पछाडि नपार्ने, समतामूलक र दिगो भविष्य निर्माणका लागि सबैलाई संयुक्त प्रयास गर्न आह्वान गर्नुभयो।

कार्यक्रममा स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसहित विभिन्न अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजी परिचालन गर्दै समावेशी आर्थिक वृद्धि, रोजगारी सृजना तथा विकासका लागि स्रोत व्यवस्थापनमा सबै पक्षले साझा दायित्व निर्वाह गर्नुपर्नेमा बल दिनुभयो।

सत्रको अन्त्यमा नागरिक समाजले पारित गरेको घोषणापत्रलाई उक्त सम्मेलनले स्वीकार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

व्यक्तिगत डाटा संरक्षण कानुन नहुँदा चोरी र दुरुपयोग बढ्दै

 माघ २० , काठमाडौं। नेपालमा व्यक्तिगत डाटा संरक्षणसम्बन्धी स्पष्ट कानुन र प्रभावकारी नियमन नहुँदा डाटा

विद्यालयको पहुँच बाहिर ७ लाख ७० हजार बालबालिका

माघ १९,काठमाडौँ  । देशभर ७ लाख ७० हजार बालबालिका गरिबी, न्यून आयस्तर, विकट भूगोल र

सहिद दिवसमा प्रधानमन्त्री कार्कीको सन्देश: अब कुनै आमाको काख रित्तिन नपरोस्

माघ १६,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले सहिदको साहस, चेतना र संकल्पका कारण आज देश परिवर्तनको

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

शेखर कोइराला पक्ष सर्वोच्च गएनन्

काठमाडौं, माघ ४ । नेपाली कांग्रेसका नेता शेखर कोइराला र उनीनिकट नेताहरू आज सर्वोच्च अदालत

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०