एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसलाई रोक्नु अहिलेको मुख्य चुनौती भएको बताउनुभएको छ ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै मन्त्री पन्तले बढ्दो कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग रोक्न आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले कृत्रिम बौद्धिकता (एआई)को दुरुपयोग हुन नदिन पत्रकारिताको मूल्य र मान्यतालाई अंगिकार गर्न जरुरी रहेको बताउनुभयो । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहेर पत्रकारिता गर्न नसकेको अवस्थामा कृत्रिम बौद्धिकता विध्वंसकारी हतियार हुनसक्ने उहाँको भनाइ छ ।

मन्त्री पन्तले मिडियाले व्यक्तिहरूलाई अनुचित ढङ्गले लक्षित गर्ने प्रवृत्तिको अन्त्यका लागि प्रेस आचारसंहिताको कडाइका पालना गर्नु आवश्यक रहेको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘पछिल्लो समय हामी नेपालमै र नेपाल बाहिर समेत मिडियाले भिक्टिमाइज गरेका मान्छेहरु देखिरहेका छौँ । यसलाई रोक्नु आजको मुख्य चुनौती हो  । बढ्दो एआईको दुरुपयोगलाई रोक्ने भनेकै इथिक्सले हो । पत्रकारिताको मूल्य र मान्यतामा अडिग रहन सक्यौँ भने एआई हाम्रो लागि सहयोगी बन्नसक्छ । यदि रहेनौँ भने त्यो एउटा विध्वंशकारी र हतियार पनि हुनसक्छ । उतिबेला सामुदायिक रेडियोहरुलाई जन्माउन निकै कठिन थियो ।’’

मन्त्री पन्तले सामुदायिक रेडियोहरूको शुरुवातकालीन चुनौतीहरू स्मरण गर्दै वर्तमान डिजिटल युगमा पत्रकारिताको सामाजिक उत्तरदायित्व झनै महत्त्वपूर्ण भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष: प्रतिनिधिसभा निर्वाचनका सबै तयारी पूरा

काठमाडौं, फागुन २० — राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

ओलीको अपिल: राष्ट्रको पक्षमा स्पष्ट निर्णय लिन मतदातालाई आग्रह

काठमाडौं, फागुन १७ — केपी शर्मा ओलीले मतदातालाई देशको पक्षमा स्पष्ट निर्णय लिन आग्रह गरेका

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका छ: केपी शर्मा ओली

विराटनगर, फागुन १५ । केपी शर्मा ओलीले आगामी निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि शंका व्यक्त गरेका

बालेनलाई लक्षित गर्दै ओलीको कटाक्ष– ‘कुनै बच्चालाई सोध्यो भने पनि प्रधानमन्त्री बन्छु भन्न सक्छ’

काठमाडौं, फागुन ११ । केपी शर्मा ओलीले केही व्यक्तिहरूले हठात् रूपमा आफूलाई प्रधानमन्त्री घोषणा गर्ने