May 12, 2025

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास गर्नुभएको छ । बुद्धजयन्तीको अवसरमा आज महान्यायाधिवक्ता बडालले उक्त भवनको शिलन्यास गर्दै सरकारी वकील कार्यालयको भवन निर्माण प्रारम्भ गर्नु महत्वपूर्ण उपलब्ध भएको बताउनुभयो । “पाटनको भवन निर्माण महत्वपूर्ण उपलब्धि हो, कामकाजमा सहज हुनेछ”, उहाँले भन्नुभयो, “कार्यालयको भवन निर्माणको समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न जरुरी छ ।”

उच्च अदालत पाटनका कामु मुख्यन्यायाधीश लालबहादुर कुँवरले कार्यालयको कार्यबोझ समेतको आधारमा आत्यवश्यक रहेको नयाँ भवन निर्माणले त्यस कार्यालयबाट सम्पादन हुने कार्यमा सहजता प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । पाटनका सहन्यायाधिवक्ता शङ्कर खत्रीले कार्यालयको भवन शिलान्यासको चरणसम्म पु¥याउन, जग्गा प्राप्ति, भवनको डिजाइन, डिपिआर तथा स्रोतको सुनिश्चितता गर्न सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण सरोकारवाला निकाय, पदाधिकारी तथा महान्यायाधिवक्ताको कार्यालयलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।

करिब रु २६ करोडको लागतमा निर्माण प्रारम्भ गरिएकोमा उच्च सरकारी कार्यालय, पाटनको आधुनिक शैलीको साततले भवन निर्माण हुनेछ । कार्यक्रममा महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता, उपन्यायाधिवक्ता, सहायक न्यायाधिवक्ता, ललितपुरका प्रमुख जिल्ला अधिकारी, उच्च अदालत पाटनका न्यायाधीश तथा रजिष्ट्रार, जिल्ला प्रहरी परिसर ललितपुरका कार्यालय प्रमुख, उच्च अदालत पाटन बार इकाईका अध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको उदय: जनअसन्तुष्टि, युवा विद्रोह र डिजिटल लहरको परिणाम

 तारा निधि पन्त फागुन २६,२०८२ | काठमाडौं हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनले नेपाली राजनीतिक इतिहासमा

शक्तिशाली मिसाइल प्रयोग गर्ने इरानको चेतावनी, अमेरिकाको वार्ता प्रस्ताव अस्वीकार

फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल

धनुषा–१ मा रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र

होलीमा मञ्च बनाएर सांगीतिक कार्यक्रम गर्न प्रशासनको प्रतिबन्ध

१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित

नेपाल रणनीतिक क्रीडास्थल नबनोस्

फागुन २०८२ पुस्तक समीक्षा सञ्चारकर्मी राजेन्द्र कुँवरद्वारा लिखित ‘नेपाली दृष्टिकोणमा खम्पा विद्रोह’ पुस्तकले उक्त ऐतिहासिक

हिउँ पर्ने बहानामा दुई चरणमा निर्वाचन स्वीकार्य छैन : ओली

 माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा