November 13, 2024

वर्ल्डलिंकद्वारा गौरी शंकर बालगृहमा मर्मत गरिएको भवन हस्तान्तरण

कार्तिक २६, काठमाडौं । नेपालको सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशनले हालै एक महत्वपूर्ण  सामाजिक उत्तरदायित्व सम्बन्धि परियोजना पूरा गर्दै दोलखामा, गौरी शंकर बालगृह पूर्ण रूपमा मर्मत गरिएको भवन २०८१ / ०७ / २५ मा हस्तान्तरण गरेको छ। यस अवसरमा वर्ल्डलिंकका लेगेसी प्रोमोटर शेयरहोल्डर र सामाजिक उत्तरदायित्व कार्यक्रमका कार्य प्रमुख अनुपा भण्डारी जालान, भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर, बालगृह अध्यक्ष विद्यालक्ष्मी उपाध्याय लगायतका बोर्डका सदस्यहरू उपस्थित थिए।

आफ्नो  सम्बोधनमा अनुपा भण्डारी जालानले अन्य संघसंस्थाहरूसँग पनि गौरी शंकर बालगृहको सुधारमा थप योगदान गर्न आह्वान गर्दै बालकल्याणका लागि अधिक सक्रियता प्रदर्शन गर्नुपर्ने आवश्यकता र महत्त्वलाई जोड दिनु भयो ।  मेयर ईश्वर नारायण मानन्धरले पनि अन्य संस्थाहरूलाई यस प्रकारका सामाजिक दायित्वका कार्यहरूमा सक्रिय हुन प्रेरित गर्दै वर्ल्डलिंकलाई धन्यवाद व्यक्त गर्नु भयो ।

वर्ल्डलिंकले भवनको मर्मत कार्यमा २०७२ को भूकम्पका कारण क्षतिग्रस्त भएका भवनको छाना चुहावट तथा भित्ताहरूको मर्मत सँगै झ्यालढोकाको मर्मत तथा रङ्गरोगन, लगायत तीनवटा शौचालय तथा तीनवटा स्नानगृहको समग्र पुनर्निर्माण र आश्रित १७ जना बालकहरूका लागि डस्ना-कम्बल, र स्टेशनरी प्रदान गरी सफलतापूर्वक कार्य सम्पन्न गरेको छ। यस परियोजनाले बाल गृहका बच्चाहरूलाई अझ सुरक्षित र आरामदायक बसोबासको सुनिश्चितता दिएको छ, जसले उनीहरूको शिक्षा, स्वास्थ्य तथा मानसिक समग्र विकासलाई मद्दत पुर्याउनेछ।

यो सामाजिक उत्तरदायित्वको पहल वर्ल्डलिंकको समाजप्रति समर्पण र समुदायको समृद्धिका लागि गरिएको प्रयासको प्रतीक हो। हस्तान्तरण समारोहले बालगृहका बच्चाहरूको लागि सुधारिएको अवस्थालाई चिन्हित गर्दै, अन्य संघसंस्थाहरूलाई पनि यस्ता समाजिक कार्यमा सहभागी हुन प्रोत्साहित गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भोटेकोशी बाढीमा बेपत्ता मृत घोषणा गर्ने प्रक्रिया सुरु, राहत भने अझै अलपत्र

कार्तिक ११, काठमाडौँ । गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीमा परी

अर्थमन्त्री वाग्लेको दिल्ली अभिव्यक्तिले नेपालमा बढायो कूटनीतिक विवाद

कार्तिक १०, काठमाडौँ । नयाँदिल्लीमा आयोजित एक अन्तर्राष्ट्रिय सम्मेलनमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको अभिव्यक्तिलाई लिएर

बंगालको खाडीको न्यून चापीय प्रणालीको प्रभाव: बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह

८ कार्तिक २०८३, आइतबार,काठमाडौं। बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणालीका कारण आगामी बिहीबारदेखि नेपालका विभिन्न

बैंक खातामा राष्ट्रिय परिचयपत्रको ‘बाध्यकारी’ नियम बदर: सर्वोच्चको ऐतिहासिक फैसला र यसका दूरगामी प्रभाव

२९ असोज २०८३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न, केवाईसी अद्यावधिक गर्न तथा

मानव अधिकार परिषद्मा नेपाल निर्वाचित, एसिया–प्रशान्त क्षेत्रबाट सर्वाधिक १७३ मत

असोज २८, काठमाडौं । नेपाल संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को सन् २०२७–२०२९ कार्यकालका लागि सदस्यमा

गैरकानुनी बर्खास्तमा क्षतिपूर्ति निर्धारण गर्दा सेवा अवधि गणना गर्न सर्वोच्चको आदेश

काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण