लोकतन्त्रको स्थायित्वका लागि एमाले–काँग्रेसको सहकार्य: महासचिव पोखरेल


साउन १५, । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले लोकतन्त्रको स्थायित्वका लागि एमाले–कांग्रेसका बिच सहकार्य भएको बताउनुभएको छ ।प्रेस चौतारी दाङले मङ्गलवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले राजनीतिक अस्थिरताका कारण  लोकतन्त्रमाथि नै प्रश्न उठ्न थालेपछि लोकतन्त्रको स्थायित्व, विकास र समृद्धिका लागि एमाले र काँग्रेस मिल्नुपरेको बताउनुभएको हो ।  राजनीतिक अस्थिरताका कारण लोकतन्त्र खतरामा, जनतामा चरम निराशासँगै आर्थिक मन्दी बढेकाले त्यसलाई हटाउनका लागि देशका प्रमुख दलहरू मिल्नुपरेको भन्दै महासचिव पोखरेलले भन्नुभयो,‘राजनीतिक अस्थिरताले अहिलेको व्यवस्थामाथि नै अविश्वास पैदा हुँदै गयो, जनतामा चरम निराशा पैदा गर्ने काम गरेपछि त्यसको अन्त्यका लागि एमाले–काँग्रेस जुट्नुपरेको हो ।’

त्यससँगै काँग्रेस र एमालेले राजनीतिक स्थायित्व, विकास र समृद्धिका लागि संविधान संशोधन गर्न आवश्यक गर्न महसुस गरेको र त्यसका लागि एक्लै नसकिने भएकाले काँग्रेसको साथ खोजिएको महासचिव पोखरेलले बताउनुभएको थियो । महासचिव पोखरेलले राष्ट्रिय दल बन्न ३ प्रतिशत मात्रै थ्रेसहोल्ड मत आवश्यक पर्ने संवैधानिक व्यवस्था भएकाले राजनीतिक अस्थिरता बढेको भन्दै थ्रेसहोल्डको प्रतिशत बढाउन संविधान संशोधन गरिने बताउनुभएको हो ।

साना राजनीतिक दलहरूले अनावश्यक बार्गेनिङ गर्दै सत्तामा पुग्ने र मुलुकमा निरन्तर अस्थिरता सृजना हुने अवस्था आएपछि दुई ठुला राजनीति दल एक ठाउँमा आउनुपरेको महासचिव पोखरेलले बताउनुभएको थियो ।

उनले संविधानसभाबाट संविधान जारी गर्ने बेलामा भएको जस्तै सहकार्य प्रमुख राजनीतिक दलहरूको बिचमा सहकार्य भएको भन्दै महासचिव पोखरेलले भन्नुभयो, ‘संवैधानिक संरचनालाई बलियो बनाउने गरी दलहरूको बिचमा सहकार्य भएको हो। पाँच वर्ष ढुक्क भएर शासन गर्ने, स्थिर सरकार अनि बलियो प्रतिपक्ष निर्माण गर्न संवैधानिक संरचनामा सुधार गर्न हामी अघि बढेका छौँ ।’

त्यसै गरी महासचिव शङ्कर पोखरेलले वामपन्थीहरूका बिचमा एकताको कथा असफल भइसकेको भन्दै अब फेरि पुरानै बाटोबाट अघि बढ्न नसकिने बताउनुभएको छ । कम्युनिस्ट पार्टी एकताको प्रहसन अब नदोहोरिने भन्दै महासचिव पोखरेलले बरु कम्युनिस्ट बिचारको एकता आवश्यक रहेको बताउनुभयो ।

महासचिव पोखरेलले भन्नुभयो,‘नेताको टाउको जोडेर गरिने एकता दिगो हुँदैन,त्यो हामीले व्यहोरि सक्यौं । अब कार्यकर्ताको मन जोडेर राजनीतिक ध्रुवीकरण जरुरी छ ।’ उहाँले कम्युनिस्टमा विचार राख्नेहरू एमालेतिर र पुँजीवादी समाजवाद व्यवस्थामा विचार राख्नेहरू काँग्रेसतर्फ ध्रुवीकरण हुन आवश्यक रहेको भन्दै नेपालमा धेरै पार्टीको आवश्यकता नरहेको बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

पूर्वप्रधानमन्त्री माधव कुमार नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

जेठ २२, काठमाडाैँ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालसहित ९३

सहमतिअनुसार व्यवसायीहरुले यातायात बन्द राख्नु गलत : भौतिकमन्त्री

 जेठ २०, काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरुले सार्वजनिक यातायात बन्द गरेर

बजेटप्रति निजी क्षेत्र सकारात्मक

 जेठ १६ काठमाडौँ,  । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटप्रति निजी क्षेत्रबाट सकारात्मक प्रतिक्रिया आएको छ

गोसाइँकुण्डमा स्नान गर्न भक्तजनको आगमन सुरू

जेठ ११,रसुवा ।   पवित्र तीर्थस्थल गोसाइँकुण्डमा स्नान गर्नका लागि भक्तजनको आगमन सुरू भएको छ ।

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्