March 4, 2024

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताउनुभएको छ ।

सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित सहिद सप्ताहको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रतिष्ठानले सप्ताहको अवसरमा ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

धेरैले आफूलाई बुझ्न नसकेको र अनप्रेडिक्टेबल नेता भनेर विश्लेषण गर्ने गरे पनि आफू त्यस्तो नरहेको उहाँले बताउनुभयो । परिस्थितिलाई ध्यान दिँदै आफूले कदम चाल्ने गरेको र प्रतिक्रियावादीले आफूलाई घेराबन्दी गरेकै दिन लात्ती हानेर आफू बाहिरिने गरेको उहाँको भनाइ छ ।

कम्युनिस्ट शक्तिहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा पटक–पटक समस्यामा पर्ने गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आज नयाँ क्रमभङ्गको दिन बनेको छ, सहिदको सपना पूरा गर्ने सङ्कल्प लिने दिन भएकाले सबै शक्ति एक ठाउँमा आउनुको विकल्प छैन ।”

आफूहरूले बृहत् कम्युनिस्ट एकताको पहल गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबै कम्युनिस्ट शक्तिलाई तयार रहन आग्रह गर्नुभयो । शान्ति प्रक्रिया टुङ्गो लगाउने काम भइरहेको र त्यो सङ्कल्प पूरा गरेर छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । क्रान्तिको बाटो कहिल्यै राजमार्गजस्तो सोझो नरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । सशस्त्र युद्ध सुरु भएदेखि हजारौँ सहिद भइसकेको र अझै पहिचान हुन बाँकी रहेकालाई सहिद घोषणाको काम जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार: ९ स्थानीय तह र साझा यातायातबीच समझदारी

काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै भोटेकोशी बिपदमा ज्यान गुमाएका श्रमिकको स्मृतिमा जिफन्टद्वारा दीप प्रज्वलन

असोज, ३  काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

भदौ २३–२४ को घटनाबारे गहिरो अनुसन्धान आवश्यक, विदेशी जासुसी संलग्नताको आशंका :रविन्द्र मिश्र

काठमाडौँ । भदौ २३ र २४ गते भएको आन्दोलन तथा त्यस क्रममा भएका हिंसात्मक घटनालाई

क्यासिनो एसोसिएसनद्वारा भोटेकोशी बाढीपीडितलाई ८५ लाख २३ हजार सहयोग

काठमाडौँ, भदौ २२ गते । नेपाल क्यासिनो एसोसिएसनले भोटेकोशी बाढीपीडितका लागि ८५ लाख २३ हजार

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज