March 4, 2024

म राजनीतिमा रहुन्जेल उथलपुथल भइरहन्छ:प्रचण्ड

फागुन २१, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली राजनीति पुनः नयाँ मोडमा आइपुगेको भन्नुहुँदै आफू रहुन्जेल नेपाली राजनीतिमा उथलपुथल कायमै रहने बताउनुभएको छ ।

सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित सहिद सप्ताहको कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रतिष्ठानले सप्ताहको अवसरमा ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो ।

धेरैले आफूलाई बुझ्न नसकेको र अनप्रेडिक्टेबल नेता भनेर विश्लेषण गर्ने गरे पनि आफू त्यस्तो नरहेको उहाँले बताउनुभयो । परिस्थितिलाई ध्यान दिँदै आफूले कदम चाल्ने गरेको र प्रतिक्रियावादीले आफूलाई घेराबन्दी गरेकै दिन लात्ती हानेर आफू बाहिरिने गरेको उहाँको भनाइ छ ।

कम्युनिस्ट शक्तिहरूले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा पटक–पटक समस्यामा पर्ने गरेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “आज नयाँ क्रमभङ्गको दिन बनेको छ, सहिदको सपना पूरा गर्ने सङ्कल्प लिने दिन भएकाले सबै शक्ति एक ठाउँमा आउनुको विकल्प छैन ।”

आफूहरूले बृहत् कम्युनिस्ट एकताको पहल गरिरहेको चर्चा गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले त्यसका लागि सबै कम्युनिस्ट शक्तिलाई तयार रहन आग्रह गर्नुभयो । शान्ति प्रक्रिया टुङ्गो लगाउने काम भइरहेको र त्यो सङ्कल्प पूरा गरेर छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । क्रान्तिको बाटो कहिल्यै राजमार्गजस्तो सोझो नरहेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । सशस्त्र युद्ध सुरु भएदेखि हजारौँ सहिद भइसकेको र अझै पहिचान हुन बाँकी रहेकालाई सहिद घोषणाको काम जारी रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

राष्ट्र बैंकद्वारा लचिलो मौद्रिक नीति सार्वजनिक, कर्जाको सीमा वृद्धि [पूर्ण पाठसहित]

काठमाडौँ, असार २७ — नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन