दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र चरम विवाद उत्पन्न भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र पशुपति शम्शेर जबराबीच विवाद चर्किएको हो । यो विवादको उत्कर्ष केहीदिन अघि राजधानीको बल्खुमा गरिएको जनप्रदर्शनमा समेत देखिएको स्रोतको दाबी छ ।

राप्रपा भित्र पशुपति सम्शेर जबरा निकट मानिने ज्ञानेन्द्र शाही बल्खुमा दुर्गा प्रसाइँद्वारा आयोजित जनसभामा देखिएका थिए । उक्त जनसभामा शाहीलाई पशुपति सम्शेर समुहले खटाएको स्रोतको भनाई छ । यता पार्टी अध्यक्ष राजेन्द्र लिंदेन भने झापामा पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजासहित पुगेका थिए । लिंदेनले खुलमखुल्ला दुर्गा प्रसाइँले अर्बौं रुपैयाँ ऋण तिर्न नसकेर आम जनतालाई भड्काउँदै आएको बताएका थिए । यता प्रसाइँले पनि राजेन्द्र लिंदेनको लहैलहैमा लागेर राजसंस्था नफर्कने बताउँदै आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाही बल्खुमा देखिएपछि पार्टी भित्र समेत प्रश्न उठेको छ । राप्रपाका एक नेताका अनुसार प्रसाइँको आन्दोलनमा राप्रपाको कुनै समर्थन छैन । जता भिडभाड उतै बहकिने ज्ञानेन्द्र शाही बल्खुमा जनमतलाई उत्तेजित बनाउनका लागि पुगेको राप्रपाकै नेताहरु बताउँछन् । स्रोतका अनुसार राप्रपा भित्र पशुपति सम्शेर जबराले समानान्तर सत्ता अभ्यास गरिरहेका छन् । उनको पक्षमा बहुत सांसद रहेको सोही पार्टीका नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

सामाजिक सुरक्षा भत्ता वृद्धि गर्न ज्येष्ठ नागरिक महासङ्घको माग, राष्ट्रिय सभामा आरक्षण कोटा पनि खोजियो

मङ्सिर १६, मंगलबार । राष्ट्रिय ज्येष्ठ नागरिक महासङ्घले सामाजिक सुरक्षा भत्ता वृद्धि सहित ज्येष्ठ नागरिकमैत्री

सेवाग्राहीको काँधमा भ्रष्टाचारको बोझ कति?

१५ मंसिर २०८२, सोमबारनेपालमा सरकारी सेवा लिन चाहने जनसाधारणको अनुभव झनै निराशाजनक बन्दै गएको छ।

१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने

काठमाडौँ, मङ्सिर १४ गते । नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार