दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र चरम विवाद उत्पन्न भएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिंदेन र पशुपति शम्शेर जबराबीच विवाद चर्किएको हो । यो विवादको उत्कर्ष केहीदिन अघि राजधानीको बल्खुमा गरिएको जनप्रदर्शनमा समेत देखिएको स्रोतको दाबी छ ।

राप्रपा भित्र पशुपति सम्शेर जबरा निकट मानिने ज्ञानेन्द्र शाही बल्खुमा दुर्गा प्रसाइँद्वारा आयोजित जनसभामा देखिएका थिए । उक्त जनसभामा शाहीलाई पशुपति सम्शेर समुहले खटाएको स्रोतको भनाई छ । यता पार्टी अध्यक्ष राजेन्द्र लिंदेन भने झापामा पृथ्वीनारायण शाहको शालिक अनावरणका लागि पूर्वराजासहित पुगेका थिए । लिंदेनले खुलमखुल्ला दुर्गा प्रसाइँले अर्बौं रुपैयाँ ऋण तिर्न नसकेर आम जनतालाई भड्काउँदै आएको बताएका थिए । यता प्रसाइँले पनि राजेन्द्र लिंदेनको लहैलहैमा लागेर राजसंस्था नफर्कने बताउँदै आएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाही बल्खुमा देखिएपछि पार्टी भित्र समेत प्रश्न उठेको छ । राप्रपाका एक नेताका अनुसार प्रसाइँको आन्दोलनमा राप्रपाको कुनै समर्थन छैन । जता भिडभाड उतै बहकिने ज्ञानेन्द्र शाही बल्खुमा जनमतलाई उत्तेजित बनाउनका लागि पुगेको राप्रपाकै नेताहरु बताउँछन् । स्रोतका अनुसार राप्रपा भित्र पशुपति सम्शेर जबराले समानान्तर सत्ता अभ्यास गरिरहेका छन् । उनको पक्षमा बहुत सांसद रहेको सोही पार्टीका नेता बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

न्यायाधीश नियुक्ति क्षमता र पारदर्शिताका आधारमा हुनुपर्छ : सपना प्रधान मल्ल

भक्तपुर, चैत ७ — सपना प्रधान मल्लले न्यायपालिकाप्रति जनविश्वास कायम राख्न र संस्थागत सुधारलाई गति

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

युद्ध अन्त्यका लागि इरानका तीन शर्त

तेहरान, फागुन २८ । इरानले अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्य गर्न तीन प्रमुख शर्त

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद