फेदीखोला गाउँपालिका सम्मानित

 मङसिर १२,स्याङ्जा। अनौपचारिक सामाजिक सुरक्षा कोषमा पहिलो पटक आवद्ध भएको गाउँपालिका फेदीखोला सम्मानित भएको छ । कोषको छैटौं वार्षिकोत्सकवका अवसरमा सोमाबार काठमाडौंमा पालिकाका अध्यक्ष घनश्याम सुवेदी सम्मानित हुनुभएको हो ।

फेदीखोला जस्तै मकवानपुरको भीमफेदी गाउँपालिका, पर्साको वीरगन्ज महानगरपालिका, बाराको जितपुर सिमरा उपमहानरगपालिका, महोत्तरीको बर्दिबास नगरपालिका र सिन्धुलीको मरिण गाउँपालिका कोषमा आबद्धता रहेपनि स्याङ्जाको फेदिखोला मात्र सम्मानित भएको हो ।

सार्वजनिक निर्माणको काममा सुचिकृत भएका मजदुरलाई ‘मजदुर सञ्चितकोष’ मार्फत टेवा पु¥याएको फेदिखोला गाउँपालिका ‘अनौपचारिक र स्वरोजगार क्षेत्र सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७९’ अनुसार गत असारमा आबद्धता जनाएको थियो ।

मजदुर सञ्चित कोषमा आवद्ध सात सय १४ जना श्रमिकलाई पालिकाको अनौपचारिक तथा स्वरोजगार क्षेत्रमा कार्यरत श्रमिक सामाजिक सुरक्षा कोषमा आबद्धता रहेको पालिका अध्यक्ष सुबेदीले बताउनुभयो । पालिकाको अनौपचारिक श्रमिक सामाजिक सुरक्षा कोषमा रहेकामध्ये दुई सय १ जनाको केन्द्रको सुरक्षा कोषको सफ्टवेयरमा इन्ट्रि भएको र लगातार हुने सुबेदीले बताउनुभयो ।

सरकारले तोेकेको न्यूनतम आधारभुत पारिश्रमीकको ९.३७ प्रतिशत पालिकाले र मजदुरको ११ प्रतिशत गरी २०.३७ प्रतिशत सामाजिक सुरक्षाकोषमा योगदान गरिएको छ ।स्वरोजगारमा रहेका व्यक्तिले न्यूनतम परिश्रमिकको ३१ प्रतिशतदेखि तीन गुणा कोषमा योगदान गरी कार्यविधि अनुसारको सुविधा लिन पाउने व्यवस्था छ ।

योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित तथा वृद्ध अवस्था सुरक्षा योजनाबाट सेवा समेत पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

संविधान संशोधनदेखि ‘लगानी एक्सप्रेस’सम्म: सरकारको व्यापक सुधार एजेन्डा सार्वजनिक

काठमाडौँ, वैशाख २९ । सरकारले सबै वर्ग, क्षेत्र र समुदायको अपनत्व सुनिश्चित हुने गरी राजनीतिक

बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम संयुक्त बैठकमा प्रस्तुत हुने

काठमाडौँ, वैशाख २८ । सङ्घीय संसद्को बजेट (बर्खे) अधिवेशन आजदेखि सुरु हुँदै छ । सरकारको

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

जिफन्टद्वारा काठमाडौंमा मे डे र्याली (फोटो फिचर)

काठमाडौं, १८ वैशाख ।  नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे डे) का