नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि

कात्तिक १, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ को बिन्दुमा कायम भएको हो ।

आज दुई सय ८६ कम्पनीको ३७ लाख ७२ हजार २३ कित्ता शेयर ३१ हजार सात सय ८८ पटक खरिदबिक्री हुँदा कारोबार रकम भने रु ९३ करोड ४८ लाख ९४ हजार दुई सय १८ मा खुम्चिएको छ । आज दुई सय दस कम्पनीको शेयर मूल्य बढ्दा १० कम्पनीको मात्रै घटेको छ ।

सबै समूहका उपसूचक बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बिमा समूहको उपसूचक दुई दशमलव ८७ र विकास बैङ्क समूहको उपसूचक दुई दशमलव ७४ प्रतिशतले बढेको छ । आजको कारोबारमा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य चार दशमलव ६२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको रु चार करोड ४६ लाख चार हजार नौ सय ३५ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने कुमारी बैङ्क लिमिटेड प्रमोटर शेयर तीन लाख दस हजार पाँच सय १५ कित्ता खरिद–बिक्री भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

गृहमन्त्री अर्यालको राष्ट्रिय सभा मनोनयनविरुद्ध रिट, सुनुवाइ चैत २५ गते

 चैत ५ ,काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा सदस्यका रूपमा मनोनयन गर्न गरिएको सिफारिस संविधानविपरीत

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद