कोशीका मुख्यमन्त्रीले बुधबार विश्वासको मत लिने

असोज २९, विराटनगर। कोशी प्रदेश सभाको बैठक बुधबार बस्ने भएको छ । अर्को सूचना प्रकाशित नभएसम्मका लागि असोज २० गते स्थगित भएको बैठक नयाँ मुख्यमन्त्री नियुक्त हुनु भएसँगै बुधबारका लागि बैठक बोलाइएको हो । 

मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको बताइएको छ । यद्यपि प्रदेश सभा सचिवालयमा भने विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता भइसकेको छैन ।

मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिनुपर्ने व्यवस्था छ । विश्वासको मत लिन मुख्यमन्त्रीसँग प्रयाप्त समय बाँकी भए पनि गठबन्धन दल र नेकपा (एमाले) सँगको सम्बन्धलाई ठीक ढङ्गले अगाडि बढाउन विश्वासको मत लिन हतारो गर्नुभएको राजनीतिक दलका नेताहरुले बताउनुभएको छ ।

पहिले केन्द्रीय सत्ता गठबन्धनसँग र त्यसपछि नेपाली काँग्रेसको डा. शेखर कोइराला समूहले गठबन्धनका शीर्ष नेताबीच गरेको लिखित सहमतिविपरीत सरकार गठन गरेर अगाडि बढ्नुभएका मुख्यमन्त्री कार्की विश्वासको मत लिएर आगामी राजनीतिक कदम अगाडि बढाउने पक्षमा देखिनुभएको हो ।

एमाले र सत्ता गठबन्धन दललाई सँगसँगै लैजान सक्ने अवस्था नभएकाले विश्वासको मत लिएपछि सरकार र विपक्षीको बाटो खुला गर्ने उहाँको योजना छ । यतिबेला गठबन्धनले पनि कार्कीलाई आफ्नै मुख्यमन्त्री भनिरहेको छ भने एमालेले ३९ सांसदको हस्ताक्षर बुझाएर मुख्यमन्त्री नियुक्त गर्न सहयोग गरेको छ । यस्तो अवस्थामा एमाले वा गठबन्धन कसलाई आफूसँग राख्ने भन्ने निर्णय लिन मुख्मन्त्री कार्कीलाई समस्या भएको छ । विश्वासको मत लिएपछि परिस्थितिको एउटा पटाक्षेप हुने उहाँको विश्वास छ ।

विश्वासको मत लिनेसम्बन्धी सूचना दर्ता गर्नु अगाडि उहाँले आजै बिहान एमालेका नेताहरुसँग छलफल गर्नुभएको छ भने दिउँसो नेकपा (माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादीका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । यद्यपि गठबन्धनका नेताहरुले उहाँसँग छलफल गर्न नचाहेपछि काँग्रेस नेता हिमाल कार्कीलाई छलफलको पहल गरिदिन आग्रह गर्नुभएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

आन्दोलनका मुद्दा फिर्ता र ‘पक्राउ नगर्ने’ मागमा सिंहदरबारमा तनाब

बिहीबार, मंसिर १८, काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा ‘आपराधिक गतिविधि’मा संलग्न भनिएका व्यक्तिहरूका मुद्दा फिर्ता

“निष्ठा र इमान्दारिताको राजनीति गर्नेछु”: रीमा विश्वकर्मा

मंसिर १७, काठमाडौँ — उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य रीमा विश्वकर्माले निष्ठा, इमान्दारिता र परिवर्तनमुखी

उज्यालो नेपाल पार्टीको घोषणा, सुमना श्रेष्ठ पनि पुगिन् घोषणा सभामा

मंसिर १७, काठमाडौं। सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ, र भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान

मजदुर नेता कमल गौतमको श्रद्धाञ्जली सभा : पार्टी महासचिव र उपमहासचिवद्वारा योगदानको स्मरण

२०८२ मंसिर २, रुपन्देही । मजदुर नेता कमल गौतमको निधन भएको १९ दिन बितिसक्दा पनि

प्रचण्ड–माधव र भीम रावलबीच ७ बुँदे सहमती

काठमाडौँ, कार्तिक २६।भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियान र *नेपाल कम्युनिस्ट पार्टी (नेकपा)*बीच ७ बुँदे

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

काल, कात्तिक १८ गते। मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक छन्। सरकारका प्रवक्ता तथा सूचना प्रविधि मन्त्री