पहिलो पटक हुम्लामा स्याउको मूल्य निर्धारण

हुम्ला, असोज १७ गते । स्याउ उत्पादनको राम्रो सम्भावना भएको हिमाली जिल्ला हुम्लामा पहिलो पटक स्याउको मूल्य तोकिएको छ । यसअघि दानाका हिसाबले बिक्री भई रहेको कारण सबैतिर स्याउको मूल्य निर्धारण गर्न दबाब आई रहेको बेला मूल्य तोकिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ ( स्याउ ) का कार्यालय प्रमुख विष्णु बहादुर मग्रातीले उपभोक्ता माग अनुसार पहिलो पटक जिल्लामा स्याउको मूल्य निर्धारण गरिएको बताउनुभयो । मङ्गलबार बसेको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको बैठकले स्याउ किसानको उपस्थितिमा मूल्य निर्धारण गरेको हो ।

बैठकमा समितिका संयोजक जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामा, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेल लगायत स्याउ उत्पादन गर्ने किसानको उपस्थितिमा यो मूल्य निर्धारण गरिएको हो । उहाँले अब जिल्लामा स्याउको मूल्य प्रतिकेजी चालीस रुपियाँ तोकिएको बताउनुभयो ।

यसअघि हुम्लामा दानाका हिसाबले स्याउ बिक्री हुने गरेको थियो । गाउँमा प्रतिदाना पाँच रुपियाँ भए पनि सदरमुकाम सिमकोट भने प्रतिदाना दश रुपियाँमा स्याउ बिक्री हुने गरेको थियो । यो मूल्य सिजन र बेसिजन पनि उस्तै हुने गरेको थियो । यसका लागि छ दानासम्म प्रतिकेजीमा जाने भए ए ग्रेड र छ भन्दा बढी दाना प्रतिकेजीमा गए बि ग्रेड निर्धारण गरिएको छ । यो मूल्य सदरमुकाम सिमकोटका लागि लागु गरिएको हो । सिमकोट बाहिर भने स्थानीय ढुवानी घटाएर मूल्य निर्धारण हुनेछ । उहाँले दानामा स्याउ बिक्री हुँदा उपभोक्ताबाट केजीमा स्याउ बिक्री गर्नुपर्ने र त्यसको मूल्य निर्धारण गर्नुपर्ने माग रहेकोमा अहिले त्यो माग पुरा भएको बताउनुभयो ।

डेढ सय बोटमा स्याउ फलाउँदै आउनु भएका सिमकोट गाउँपालिका– २ का किसान गोरासिंह बोहराले स्याउको मूल्य तोकिएपछि स्याउ किसान र उपभोक्तालाई सहज भएको बताउनुभयो । उहाँले यसअघि दानामा बिक्री गर्दा उपभोक्तासँग मोलमोलाइ गर्नुपर्ने अवस्था रहेको र अब त्यो अन्त्य भएको बताउनुभयो । हाल निर्धारण गरिएको स्याउको मूल्यमा किसानहरू सन्तुष्ट रहेको बताउँदै उहाँले बजारको व्यवस्था हुनु पर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मध्यम वर्ग लक्षित वाचापत्र ल्याउँछौँ:रास्वपा नेता खनाल

२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि

ट्रम्पका कारण चीन र बेलायतको सम्बन्ध सुधारतर्फ

माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका

 जस्तोसुकै अवस्थामा पनि चुनाव लड्छौँ, तर शान्ति–सुरक्षाको प्रत्याभूति आवश्यक:ओली

माघ ५, विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जस्तोसुकै अवस्थामा पनि

घण्टीघर पुगेर बालेनले बजाए पार्टी चिह्न ‘घण्टी’

माघ ४, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएका बालेन शाह आइतबार राष्ट्रिय स्वतन्त्र

कुन कांग्रेस आधिकारिक ? विवाद निर्वाचन आयोगमा, सुरु भयो कागजी ‘युद्ध’

 माघ २ , काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद निर्वाचन आयोगसम्म पुगेको छ। पुस ३०

अर्को साता मौसमी प्रणाली सक्रिय हुने संकेत, वर्षाको सम्भावना देखियो

 माघ २,काठमाडौं ।  दुई अन्तर्राष्ट्रिय मौसमी मोडलले अर्को सातादेखि देशका विभिन्न भागमा वर्षा हुने सम्भावना