कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र


असोज १२, सुर्खेत ।
राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक भेला प्रदेश अध्यक्ष प्रमी शाक्यको अध्यक्षतामा र नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपमहासचिब नरनाथ लुंईटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
उक्त प्रशिक्षणमूलक भेलामा अतिथीहरू नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसी, राष्ट्रिय कमिटी सदस्य चन्दा धामी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय महासचिव सुजना जोशी,नाटु केन्द्रिय महासचिव यादब ढकाल, जिफन्ट कर्णाली प्रदेश उपाध्यक्ष राधा श्रेष्ठ आचार्य, सचिव श्रीपाल सारू हुनुहुन्थ्यो।

नाबुन कर्णाली प्रदेश अन्तर्गतका सदस्यहरू उपस्थित प्रशिक्षणात्मक भेलामा प्रमुख अतिथि जिफन्ट उपमहासचिब नरनाथ लुइँटेलले महासंघको उद्देश्य संगठनको आबश्यकता र महत्व प्रस्ट्याउँदै सामाजिक सुरक्षामा आबद्ध हुन आव्हान गर्दै सामाजिक सुरक्षामा आबद्ध हुने प्रकृयाको बारेमा अबगत गराउनुभयो।
नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले सदस्यता बिस्तार र प्रदेशको भुमिकाबारे प्रस्ट पार्नुभएको थियो।अतिथी केन्द्रीय महासचिव सुजना जोशीले युनियनको बिधान, पद्धति ,संरचना र सिप प्रमाणीकरण प्रकृयाका बिषयमा प्रशिक्षणमूलक मन्तब्य राख्नुभएको थियो। जिफन्ट कर्णाली प्रदेश उपाध्यक्ष राधा श्रेष्ठ आचार्यले सदस्यता बिस्तार र नबिकरणका बिषयमा मन्तब्य राख्नुभएको थियो।

सदस्यता बिस्तार र नबिकरणलाई प्राथमिकता राखी गरीएको प्रशिक्षणमूलक भेलाको कार्यक्रम संचालन नाबुन केन्द्रीय सदस्य दुर्गा पि यसले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

शान्ति निर्विकल्प बाटो

 २९ वैशाख २०८२ ।  विनाशकारी दोस्रो विश्वयुद्धपछि शक्तिराष्ट्रलाई पनि के कुराको अनुभूति भयो भने युद्ध

यसरी आश्रित परिवारको सहारा बनेको छ सामाजिक सुरक्षाकोष

बैशाख २३ गते २०८२ काठमाण्डौ । अनुमान पनि गर्न नसकिने यो कहालिलाग्दो अवस्थाको अनुमान गरौं

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कुलमानको बदमासी छताछुल्ल हुनेगरी विद्युत प्राधिकरणले जारी गर्यो श्वेतपत्र (सूचीसहित)

  २१ वैशाख २०८२, काठमाडौं। नेपाल विद्युत प्राधिकरणले श्वेतपत्र सार्वजनिक गरेको छ । कार्यकारी निर्देशक हितेन्द्रदेव

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको