कर्णाली प्रदेशमा जिफन्टकाे संगठन सुदृढीकरण अभियान तीव्र


असोज १२, सुर्खेत ।
राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल कर्णाली प्रदेशको संगठन सुदृढिकरण अभियान अन्तर्गत प्रशिक्षणमूलक भेला प्रदेश अध्यक्ष प्रमी शाक्यको अध्यक्षतामा र नेपाल ट्रेड युनियन महासंघ जिफन्ट उपमहासचिब नरनाथ लुंईटेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
उक्त प्रशिक्षणमूलक भेलामा अतिथीहरू नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसी, राष्ट्रिय कमिटी सदस्य चन्दा धामी, राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय महासचिव सुजना जोशी,नाटु केन्द्रिय महासचिव यादब ढकाल, जिफन्ट कर्णाली प्रदेश उपाध्यक्ष राधा श्रेष्ठ आचार्य, सचिव श्रीपाल सारू हुनुहुन्थ्यो।

नाबुन कर्णाली प्रदेश अन्तर्गतका सदस्यहरू उपस्थित प्रशिक्षणात्मक भेलामा प्रमुख अतिथि जिफन्ट उपमहासचिब नरनाथ लुइँटेलले महासंघको उद्देश्य संगठनको आबश्यकता र महत्व प्रस्ट्याउँदै सामाजिक सुरक्षामा आबद्ध हुन आव्हान गर्दै सामाजिक सुरक्षामा आबद्ध हुने प्रकृयाको बारेमा अबगत गराउनुभयो।
नेपाल ट्रेड युनियन महासंघ कर्णाली प्रदेश अध्यक्ष तेजप्रकाश जिसीले सदस्यता बिस्तार र प्रदेशको भुमिकाबारे प्रस्ट पार्नुभएको थियो।अतिथी केन्द्रीय महासचिव सुजना जोशीले युनियनको बिधान, पद्धति ,संरचना र सिप प्रमाणीकरण प्रकृयाका बिषयमा प्रशिक्षणमूलक मन्तब्य राख्नुभएको थियो। जिफन्ट कर्णाली प्रदेश उपाध्यक्ष राधा श्रेष्ठ आचार्यले सदस्यता बिस्तार र नबिकरणका बिषयमा मन्तब्य राख्नुभएको थियो।

सदस्यता बिस्तार र नबिकरणलाई प्राथमिकता राखी गरीएको प्रशिक्षणमूलक भेलाको कार्यक्रम संचालन नाबुन केन्द्रीय सदस्य दुर्गा पि यसले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देखासिखी संस्कृतिलाई कडा कानुन बनाएर नियन्त्रण गर्न जरुरी

  अधिवक्ता: तारा निधि पन्त सरलता, आध्यात्मिकता र सामुदायिक भावनामा आधारित रहेको नेपाली संस्कृति आज

नयाँ अर्थमन्त्रीको पर्खाइमा बजेट प्रक्रिया

काठमाडौं, चैत ३। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालय मुख्य नीतिगत

पेट्रोलियम पदार्थको मूल्यवृद्धिपछि सार्वजनिक यातायात भाडा समायोजन गर्न महासङ्घको माग

काठमाडौँ, चैत २ । देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ ले

नेपालको प्रस्तावमा अप्रिल १५ ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने

फागुन २९, काठमाडौं । नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघको महासभाले अप्रिल १५ लाई ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’

बीमित बिरामीलाई बाहिर औषधि किन्न नपठाउन अस्पताललाई स्वास्थ्य बीमा बोर्डको निर्देशन

 फागुन २८ ,काठमाडौं । स्वास्थ्य बीमा बोर्डले उपचारका लागि आउने बीमित बिरामीलाई अस्पताल बाहिरबाट औषधि खरिद

तेहरानमा ‘कालो वर्षा’को चर्चा: तेल रिफाइनरीमा हमलापछि बढ्यो प्रदूषणको खतरा

काठमाडौं, फागुन २७ ।इरानको राजधानी तेहरानमा पछिल्ला दिनहरूमा देखिएको ‘कालो वर्षा’ (ब्ल्याक रेन) को घटनाले