एमाले देश विकासको अभियन्ता, आधुनिकताको नायकः अध्यक्ष ओली

११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको नायक भएको बताउनुभएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको आज सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम गर्ने पार्टी पनि एमाले नै हो भन्नुभयो ।
नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्दा देशमा विकासको बाटो देखाएको चर्चा गर्दै उहाँले भन्नुभयो– राष्ट्र जोगाउने, समृद्ध बनाउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ । नेकपा (एमाले) अरूजस्तो पार्टी होइन, सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ ।
अध्यक्ष ओलीले भन्नुभयो– देशमा एमाले सरकारमा आएकाले जनताले विकास देखे । राजमार्ग, पुल, सडक बने । भूकम्पको पुनः निर्माण, अस्पताल, विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालयलगायत पुनर्निर्माण भयो, यसले जनतामा उत्साह जगायो ।
अहिलेको गठबन्धन सरकार गैरजिम्मेवार रहेको र जनताका समस्या नहेर्ने बताउँदै उहाँले भन्नुभयो– गठबन्धन सरकार गैर जिम्मेवार छ । घृणा र अपराधलाई बढावा दिएको छ । मान्छे मार्नेलाई सरकारले सुटुक्क छोड्छ । गुण्डाको संरक्षण गरेको छ ।
मानवताविरुद्ध अपराध गर्ने ज्यानमाराहरूलाई सरकारले उन्मुक्ति दिएकोमा आपत्ति प्रकट गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो–अपराधी जेलमा बस्नु पर्दैन भने अपराधीलाई कारबाही गर्ने कानुन किन बनाएको ?

 

उहाँले कर्णाली प्रदेशमा कृषि उत्पादनमा जोड दिनुपर्ने र सहकारीमार्फत ठुलो मात्रामा उत्पादनमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध भएको र विकासको सम्भावना रहेको बताउनुभयो ।
नेकपा (एमाले)विरुद्ध अनेक खालका घेराबन्दी र हमलाको प्रयास भए पनि सबै घेराबन्दीलाई  तोडेर अघि बढ्न पार्टी सक्षम रहेको उहाँको भनाइ छ । त्यसको लागि नेकपा (एमाले)ले मिसन २०८४ को अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।
मिसन २०८४ लाई सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर सफल पार्नुपर्ने र नेकपा (एमाले)लाई २०८४ मा एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमालेका विरुद्ध विरोधीले अनेक बहाना गरेर प्रचार गर्ने गरेको र अधिवेशनमा नेतृत्व चयनका सन्दर्भमा पनि एमालेमा सर्वसम्मति भयो भने त्यो पार्टीमा आन्तरिक लोकतन्त्र छैन, चुनाव नै लड्न दिइँदैन भन्ने र चुनाव लड्दा मिलाउन सकेनन् भन्ने आरोप विरोधीले लगाउने गरेकाछन् ।
उहाँले सुन तस्करीको छानबिनका लागि आन्दोलन गरेर समिति बनाउन लगाएकाले एमालेसँग भएको सहमतिमा खेलबाड नगर्न सरकारलाई सुझाव दिनुभयो ।
देशको सार्वभौमसत्ता धरापमा पार्न खोजिएको छ, स्वाधीनताको हुर्मत लिइएको भन्दैै उहाँले राष्ट्रिय स्वाभिमानको झण्डा एमालेले मात्र उठाउने वताउनुभयो ।
अध्यक्ष ओलीले नयाँ पार्टी लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरु भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

प्रधानमन्त्रीको आग्रह: समयमा विवाह गरी सन्तान उत्पादनमा ध्यान दिनु उत्तम

काठमाडौँ, असार २७ — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि नभए

रसुवाको लेन्दे खोलाको बाढीले भोटेकोशीमा असर, नेपाली सेनाद्वारा ११ जना उद्धार, १८ बेपत्ता

काठमाडौं, असार २४ गते। रसुवाको लेन्दे खोलामा आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि उत्पन्न संकटमा फसेका

शिक्षा क्षेत्रमा बुटवलको उत्कर्ष: उत्कृष्ट नतिजासँगै शैक्षिक केन्द्रको रूपमा उभिँदै

बुटवल, असार २३ गते – हालै सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजामा

हट्न लाग्यो भारतको बाटो प्रयोग गर्ने बाध्यता

२२ असार २०८२, आइतबार – दार्चुलानेपालका नागरिकले आफ्नै देशभित्रको छाङरु र टिङ्कर पुग्न वर्षौंदेखि भारतको

 सरकारी सेवामा पेन्सन र उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू

असार २०, २०८२, काठमाडौं ।आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने निजामती कर्मचारीहरूलाई अब पेन्सन

राइड सेयरिङ कार्यान्वयन अन्योलमा, व्यवसायी असन्तुष्ट

२० असार २०८२, काठमाडौँ ।गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधनको अभाव कम गर्न ल्याएको ‘राइड