११ असोज,सुर्खेत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी देश विकासको अभियन्ता र आधुनिकताको नायक भएको बताउनुभएको छ ।
नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको प्रथम अधिवेशनको आज सुर्खेतमा उद्घाटन गर्दै अध्यक्ष ओलीले देशमा सुशासन कायम गर्ने पार्टी पनि एमाले नै हो भन्नुभयो ।
नेकपा (एमाले)ले सरकारको नेतृत्व गर्दा देशमा विकासको बाटो देखाएको चर्चा गर्दै उहाँले भन्नुभयो– राष्ट्र जोगाउने, समृद्ध बनाउने, देशमा शान्ति सुव्यवस्था र सुशासन कायम गर्ने अभिभारा हामीमा छ । नेकपा (एमाले) अरूजस्तो पार्टी होइन, सुशासन र विकासका लागि हाम्रो पार्टीले अगुवाइ गर्छ ।
अध्यक्ष ओलीले भन्नुभयो– देशमा एमाले सरकारमा आएकाले जनताले विकास देखे । राजमार्ग, पुल, सडक बने । भूकम्पको पुनः निर्माण, अस्पताल, विद्यालय, विश्वविद्यालय, सरकारी कार्यालयलगायत पुनर्निर्माण भयो, यसले जनतामा उत्साह जगायो ।
अहिलेको गठबन्धन सरकार गैरजिम्मेवार रहेको र जनताका समस्या नहेर्ने बताउँदै उहाँले भन्नुभयो– गठबन्धन सरकार गैर जिम्मेवार छ । घृणा र अपराधलाई बढावा दिएको छ । मान्छे मार्नेलाई सरकारले सुटुक्क छोड्छ । गुण्डाको संरक्षण गरेको छ ।
मानवताविरुद्ध अपराध गर्ने ज्यानमाराहरूलाई सरकारले उन्मुक्ति दिएकोमा आपत्ति प्रकट गर्दै अध्यक्ष ओलीले प्रश्न गर्नुभयो–अपराधी जेलमा बस्नु पर्दैन भने अपराधीलाई कारबाही गर्ने कानुन किन बनाएको ?
उहाँले कर्णाली प्रदेशमा कृषि उत्पादनमा जोड दिनुपर्ने र सहकारीमार्फत ठुलो मात्रामा उत्पादनमा बृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । अध्यक्ष ओलीले कर्णाली प्रदेश प्राकृतिक र सांस्कृतिक हिसाबले समृद्ध भएको र विकासको सम्भावना रहेको बताउनुभयो ।
नेकपा (एमाले)विरुद्ध अनेक खालका घेराबन्दी र हमलाको प्रयास भए पनि सबै घेराबन्दीलाई तोडेर अघि बढ्न पार्टी सक्षम रहेको उहाँको भनाइ छ । त्यसको लागि नेकपा (एमाले)ले मिसन २०८४ को अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।
मिसन २०८४ लाई सबैले आ–आफ्नो जिम्मेवारी पूरा गरेर सफल पार्नुपर्ने र नेकपा (एमाले)लाई २०८४ मा एकल बहुमतको सरकार बनाउने अवस्थामा पुर्याउनुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– एमालेका विरुद्ध विरोधीले अनेक बहाना गरेर प्रचार गर्ने गरेको र अधिवेशनमा नेतृत्व चयनका सन्दर्भमा पनि एमालेमा सर्वसम्मति भयो भने त्यो पार्टीमा आन्तरिक लोकतन्त्र छैन, चुनाव नै लड्न दिइँदैन भन्ने र चुनाव लड्दा मिलाउन सकेनन् भन्ने आरोप विरोधीले लगाउने गरेकाछन् ।
उहाँले सुन तस्करीको छानबिनका लागि आन्दोलन गरेर समिति बनाउन लगाएकाले एमालेसँग भएको सहमतिमा खेलबाड नगर्न सरकारलाई सुझाव दिनुभयो ।
देशको सार्वभौमसत्ता धरापमा पार्न खोजिएको छ, स्वाधीनताको हुर्मत लिइएको भन्दैै उहाँले राष्ट्रिय स्वाभिमानको झण्डा एमालेले मात्र उठाउने वताउनुभयो ।
अध्यक्ष ओलीले नयाँ पार्टी लोकतन्त्रको टुप्पोमा पलाएको ऐजेरु भएको बताउनुभयो ।
बुधबार, ६ साउन २०८३काठमाडौँ। सर्वोच्च अदालतले सरकारी विज्ञापन तथा सूचना सरकारी स्वामित्वका सञ्चारमाध्यम (गोरखापत्र, रेडियो
सर्वोच्चको फर्स्योट दर २९.४६ प्रतिशत, उच्च अदालतमा दुई वर्षभन्दा पुराना मुद्दा शून्य काठमाडौं, साउन ४
साउन ३, काठमाडौँ। बाढी पूर्वानुमान महाशाखाले आइतबार काठमाडौँ उपत्यकासहित देशका ३५ जिल्लाका साना नदी तथा
दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको
काठमाडौं, ३१ असार २०८३। नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भएका व्यक्तिहरूलाई काठमाडौं जिल्ला अदालतले
काठमाडौं, असार ३० । सर्वोच्च अदालतले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने सरकारको निर्णय बदर गरेको